नेपाल सरकार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
वैदेशिक रोजगार बोर्डको सचिवालय
बबरमहल, काठमाण्डौ फोन नं.:- ०१-५३२०३११
मुदति निक्षेपमा लगानी गर्न सिलबन्दी दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना
सूचना प्रकाशित मिति २०८२ / ०४ / १२
यस सचिवालयको वैदेशिक रोजगार कल्याणकारी कोषको निक्षेप रकम रू. ११३ करोड १ वर्षको लागि मुद्धति निक्षेपमा पुनः लगानी गरिने भएकाले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त 'क' वर्गका वाणिज्य बैंकहरु आफुले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गर्ने ब्याजदर लगायत अन्य विवरण सहितको अधिकतम निक्षेप लगानी पुरा नभएका बैंकहरूले यस सचिवालयको वेवसाइट www.feb.gov.np मा रहेको कल्याणकारी कोषको रकम (वाणिज्य बैकमा ) निक्षेप लगानी गर्ने सम्बन्धि कार्यविधि २०७५ को अनुसूची- २ बमोजिमको दरभाउपत्र फाराम डाउनलोड गरि मिति २०८२।०४।१९ गते दिनको १२:०० बजे भित्र यस सचिवालयमा सिलबन्दी दरभाउपत्र प्रस्ताव पेश गर्नहुन सम्बन्धित सबै बाणिज्य बैकहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । पेश हुन आएका सिलबन्दी प्रस्तावहरू सोहि दिनको ५:३० बजे यस सचिवालयमा खोलिने छ । ३० (तीस) दिनभन्दा कम मान्य अवधि भएको दरभाउपत्र प्रस्ताव उपर कुनै कारवाही नहुने व्यहोरा समेत जानकारी गराइन्छ ।