परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति
थापाथली, काठमाडौं, ( फोन नं. ०१-५३६०२३१ )
सटर भाडामा दिने सम्बन्धी, पुनः सिलबन्दी दरभाउपत्र आव्हानको सूचना
(गो. प. मा प्रथम पटक प्रकाशित मिति: २०८२।०४।१२ )
यस परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको तपसिल अनुसारको सटरहरु छुट्टा छुट्टै भाडामा दिइने भएकोले पुनः सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । इच्छुक फर्म वा कम्पनीले दर्ता प्रमाण-पत्र, व्यवसाय दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, नविकरणको प्रमाणित प्रतिलिपि संलग्न राखी यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र तपसिलका शर्तहरुको अधीनमा रही दरभाउपत्र दिनु हुन सूचित गरिन्छ । दरभाउपत्र १६ औं दिनको १२:०० बजे सम्म बुझाई सक्नु पर्ने र सोहीदिन २:०० बजे दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा दरभाउपत्र खोलिनेछ । निजहरुको अनुपस्थितिमा पनि दरभाउपत्र खोल्न सकिनेछ । दरभाउपत्र बुझाउने वा खोल्ने दिन बिदा परेमा सोको भोलिपल्ट सो कार्य गरिनेछ ।
१. यस अस्पतालको अर्थशास्वामा दरभाउपत्र फारामको लागि रकम रु. १,०००/- (फिर्ता नहुने) जम्मा गरेको भौचर संलग्न गरी छुट्टा-छुट्टै निवेदन दिई अस्पतालको प्रशासन शाखावाट ११:०० बजेदेखि ३:०० बजेसम्म दरभाउपत्र प्राप्त गर्न र बुझाउन सकिनेछ ।
२. दरभाउपत्र दिंदा यस अस्पतालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि., पुल्चोकको चल्नीखाता नं. ००४०१०१०००६१४५ मा धरौटी _बापत रकम जम्मा गरी सोको सक्कल बैंक भौचर पेश गर्नु पर्नेछ ।
तपसिल

३. उक्त सटर कवलहरमा औषधी बिक्री बितरण गर्नको लागि भाडामा दिइने छैन ।
४. बिस्तृत जानकारीको लागि प्रशासन शाखामा सम्पर्क राख्न सकिनेछ ।