Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Auction
Type : Bolpatra
Published Date : Jul 25, 2025
Deadline : Aug. 24, 2025, noon
Type : Bolpatra

वन पैदावार लिलाम बिक्री सम्बन्धी बोलपत्र आह्वानको सूचना

डिभिजन वन कार्यालय 
मकवानपुर, हेटौंडाको

वन पैदाबार बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना प्रथम पटक सूचना 

प्रकाशन मिति २०८२| ४|९

यस कार्यालयको कार्य क्षेत्र अन्तर्गत विभिन्न स्थानका जोखिमयुक्त रुखहरू | तथा चित्रेपानी कबुलियती वन समूह, हेटौंडा १५ को वन क्षेत्रको ढलापडा रुखहरू नियमानुसार कटान मुछान गरी उत्पादन भएको वन पैदावार क्रमशः लट नं. १ देखि लट नं. ५ सम्म साल समेत विभिन्न जातकी गोलिया थान ६७४ को ३६२५.१४ क्यु.फि. काठ तथा सिसौ साल मिश्रित र अन्य जातको १३.२५ चट्टा दाउरा घाटगद्दीमा जे जस्तो अवस्थामा छ, सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजाने गरी लिलाम बिक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । प्रचलित कानून बमोजिम उद्योगको रूपमा दर्ता तथा नवीकरण भएको, वन नियमावली २०७९ को नियम १२८ बमोजिम सूचीकृत तथा अद्यावधिक भएको उद्योगले यो सूचना गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र सिलबन्दी बोलपत्र खरिद गरी सोको भोलिपल्ट दिनको १२:०० बजेभित्र दाखिला गर्न आह्वान गरिन्छ । यस सम्बन्धी विस्तृत जानकारीका लागि | कार्यालयमा कार्यालय समयभित्र सम्पर्क राख्न सकिनेछ । पूर्ण व्यहोराको सूचना यस कार्यालयको सूचना पाटीमा टाँस गरिएको छ ।


Search, Apply & Get Job: FREE