खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
प्रधान कार्यालय, भद्रकालीप्लाजा काठमाडौ
स्थलमार्गबाट खाद्यवस्तु ढुवानीका लागि विद्युतीय माध्यमबाट बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मितिः २०८२ /०४/०८
यस कम्पनीबाट आ.व. २०८२ / ०८३ मा राज्यभरका विभिन्न स्थानहरुमा स्थलमार्गबाट खाद्यवस्तु ढुवानी गर्नुपर्ने भएकोले मिति २०८२/०४/०८ गते यस कम्पनीको वेबसाइट www.fmtc.org.np तथा PPMO को E-GP site bolpatra.gov.np/egp मा उल्लेख भएका शर्तहरुको अधिनमा रहने गरी PAN / VAT मा दर्ता भएका इच्छुक इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीहरुलाई विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरिएको छ । साथै, खाद्यान्न ढुवानी गर्ने सेक्टर, ढुवानी हुने मोटा मोटी परिमाण, धरौटी रकम, बोलपत्र दस्तुर, बाटोको म्याद आदि बारे विस्तृत विवरण यस कम्पनीको वेबसाइट www.fmtc.org.np सूचना पाटि तथा PPMO को site मा हेर्न सकिने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
प्रधान कार्यालय, खरिद एकाई, भद्रकालीप्लाजा, काठमाडौं
फोन नं. ०१-५३६०८४४
e-mail: [email protected]