Newspaper Tender

Source: Gorkhapatra

Published Date : Jul 23, 2025
Deadline : July 30, 2025, noon

पहिरो पन्छाउने तथा खोला सफा गर्ने कार्यका लागि हेभी इक्युप्मेन्ट भाडा सेवा सम्बन्धी दररेट आह्वान

सूर्यविनायक नगरपालिका
नगर कार्यपालिकाको कार्यालय 
कटुञ्जे, भक्तपुर, बागमती प्रदेश, नेपाल

दररेट पेश गर्ने सम्बन्धमा

(सूचना नं.- १ / ०८२ / ०८३)
प्रथम पटक प्रकाशित मितिः २०८२/०४/०७

सूर्यविनायक नगर क्षेत्रभरि २०८२ / ०८३ भरी नै आवश्यकता अनुसार हेभी इक्युप्मेन्ट सप्लाई गरी पहिरो पन्छाउने, खोला सफा गर्ने लगायतका कार्य गर्न इच्छुक सप्लायर्स/ निर्माण व्यवसायीलाई हेभी मेसिनरी इक्युप्मेन्ट प्रति घण्टा के / कति दर रेटमा उपलब्ध गराउन सकिने हो सोको दररेट मिति २०८२ /०४/१४ गते दिनको १२:०० बजेसम्म यस नगरपालिकाको कार्यालयमा सिलबन्दी दरभाउ मार्फत पेश गर्नुहुन सो सूचना सार्वजनिक गरिएको छ । सिलबन्दी दरभाउपत्रको फाराम रु.१,०००/- (एक हजार) फिर्ता नहुने राजस्व दस्तुर सूर्यविनायक नगरपालिका, एन.आई.सी. बैंक खाता नं. ग १.१ आन्तरिक राजस्व खाता नं. ००८२०५००४२१२०००३ मा जम्मा गरी मिति २०८२ / ०४ / १४ गते दिनको ११:०० बजेसम्म प्राप्त गर्न सकिनेछ । सिलबन्दी दरभाउपत्रमा सूर्यविनायक नगरपालिकाको नाममा २०८३ साउन २६ सम्म म्याद रहेको रु. २,००,००० (दुई लाख) को एन.आइ.सी. बैंक खाता नं. ग ३ धरौटी खाता नं. ००८२०५००४२१२००१७ बिडबन्ड सक्कलै संलग्न गरी पेश गर्नुपर्नेछ । इच्छुक सप्लायर्स/ निर्माण व्यवसायीको २०८२ / ०८३ मा कम्पनी दर्ता, व्यवसाय दर्ता, भ्याट चुक्ता फारामहरू संलग्न हुनुपर्नेछ । अन्य जानकारीका लागि सूर्यविनायक नगरपालिकामा सम्पर्क गर्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE