शिलबन्दी दरभाउपत्र आव्हान – राजस्व सङ्कलन ठेक्का (जडीबुटी, कवाडी, जीवजन्तु निकासी तथा जिपलाइन सञ्चालन)

मानेभन्ज्याङ गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय 
मानेभन्ज्याङ, ओखलढुङ्गा
कोशी प्रदेश, नेपाल

शिलवन्दी दरभाउपत्र आव्हान सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति २०८२/०४/०२

आ.व. २०८२/०८३ को लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६१ र ६२ बमोजिम यस मानेभन्ज्याङ गाउँपालिकाले लिन उठाउन पाउने तपसिल | बमोजिमको कार्य वापत आय सङ्कलन कार्यका लागि शिलबन्दी दरभाउपत्रद्वारा ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले ईच्छुक फर्म वा कम्पनीहरूबाट १५ (पन्द्रह) दिन भित्रमा आवश्यक कागजात संलग्न गरी शिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशन गरिएको छ ।

यस सम्बन्धी विस्तृत जानकारीको लागि यस कार्यालयको वेबसाइट www.bolpatra.gov.np, www.manebhanjyangmun.gov.np बाट हेर्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE