नेपाल वायुसेवा निगम
साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभाग
कान्तिपथ, काठमाडौँ
बोलपत्र आह्वान सम्बन्धमा
(प्रथम पटक सूचना प्रकाशित मिति: २०८२|०३|३२ )
निगमको केन्द्रीय कार्यालयस्थित भवनमा Elevator (lift) को Supply, delivery, installation, testing and commissioning गर्नका लागि निगमबाट उपलब्ध गराएको बोलपत्र फाराममा उल्लिखित सर्तहरूको अधीनमा रही योग्य बोलपत्र दाताहरूबाट गोरखापत्रमा प्रकाशित भएको मितिले ३१औं दिनको १२:०० बजेभित्र बोलपत्र (E-bidding/E-GP) को माध्यमबाट पेस गर्न सूचना प्रकाशित गरिन्छ र सोही दिन दिनको २:०० बजे निगमको केन्द्रीय कार्यालयस्थित सम्पत्ति व्यवस्थापन तथा सवारी महाशाखामा बोलपत्र दाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । यदि उक्त दिन सार्वजनिक वा कुनै आकस्मिक बिदा पर्न गएमा ति कार्यहरू त्यसपछि लगत्तैको कार्यालय खोल्ने दिनमा हुनेछ । बोलपत्रको कागजात सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp यस सूचनाका सम्बन्धमा निगमको वेबसाइट | www.nepalairlines.com.np का साथै थप केही जानकारीका लागि निगमको सम्पत्ति व्यवस्थापन तथा सवारी शाखा / महाशाखामा समेत सम्पर्क राख्न सकिनेछ ।
सम्पर्क फोन नं. ४२२०७५७, एक्सटेन्सन नं. ३३४६, २३४६