Newspaper Tender

Source: Kantipur

Tender Category : Services Procurement
Type : Bolpatra
Published Date : Jul 15, 2025
Deadline : Aug. 15, 2025, noon
Type : Bolpatra

घोराही उप-महानगरपालिका क्षेत्रभित्रको कर संकलन कार्यको लागि विद्युतीय बोलपत्र आह्वानको सूचना

स्थानीय सरकार
घोराही उप-महानगरपालिका 
नगर कार्यपालिकाको कार्यालय 
घोराही दाङ, लुम्विनी प्रदेश, नेपाल 

वोलपत्र आहृवानको सूचना

सूचना प्रकाशित मिति २०८२/०३/३१

घोराही उपमहानगरपालिका क्षेत्र भित्र तपशिल बमोजिमको कर संकलन गर्न घोराही उप महानगरपालिकाको आर्थिक ऐन, २०५२ बमोजिम आ.व. २०६२/०८३ को लागि ठेक्का बन्दोवस्त गर्न विद्युतीय बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ । मान्यता प्राप्त योग्य इच्छुक संस्था / फर्म/कम्पनीले निर्धारीत समय भित्र विद्युतीय माध्यमवाट मात्र रितपुर्वक बोलपत्र पेश गर्नुहुन जानकारी गराइन्छ ।

विद्युतीय माध्यमवाट वोलपत्र पेश गर्दा लागुहुने शर्तहरु :

१) यो सूचना प्रकाशित भएको मितिले ३१ औं दिनको १२:०० बजे भित्र बोलपत्र खरिद दस्तुर रु.३००० (पछि फिर्ता नहुने गरी) तपशिल बमोजिमको विवरण अनुसार जम्मा गरी भौचर स्क्यान गरी अपलोड गर्नुपर्नेछ। यो सूचना www.ghorahimun.gov.np वाट समेत डाउनलोड गर्न सकिनेछ ।



२) बोलपत्र साथ पेश भएको जमानत वापतको रकम बोलपत्र दाताले कवोल गरेको अंकको ५ प्रतिशतले हुन आउने रकम नेपाल बैंक लिमिटेड, घोराही उप-महानगरपालिकाको धरौटी खाता नं. ०२७०३०००००३००००००००१ मा नगद जम्मा गरेको सक्कल भौचर वा नेपाल राष्ट्र बैङकवाट "क" वर्गको इजाजत प्राप्त बैङक वाट घोराही उप-महानगरपालिकाको नाममा जारी भएको, वोलपत्र पेश गर्ने अन्तिम मितिबाट १२० दिन सम्म म्याद भएको विड सेक्युरिटी ( विडवण्ड) बोलपत्र साथ अपलोड गर्नुपर्नेछ ।

३) विद्युतीय खरिद प्रणाली (E-Bidding) बाट मात्र दर्ता भएका बोलपत्रहरु सोही दिन दिनको २:०० बजे बोलपत्र दाता वा निजको प्रतिनिधि र कार्यालयका प्रतिनिधिहरुको रोहवरमा घोराही उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा खोलिनेछ तर वोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनी बोलपत्र खोल्न कुनै वाधा पर्ने छैन ।

४) कालो सूचिमा नपरेको, हालसम्म पाँच वटा ठेक्का सम्झौता नभएको स्वयं घोषणापत्र तथा संस्था / फर्म / कम्पनीका आवश्यक कागजातहरु र २०८०/०८१ को कर चुक्ता प्रमाणपत्र वोलपत्र साथ अनिवार्य अपलोड गर्नु पर्नेछ ।

५) संयुक्त उपक्रम (Joint Venture ) को माध्यमबाट काम गर्ने व्यवसायीले संयुक्त लगानी सम्बन्धि सम्झौता पत्र पेश गर्नु पर्नेछ र संयुक्त उपक्रममा बढिमा ३ (तीन) वटा फर्महरुले संयुक्त रुपमा भाग लिन सक्नेछन सम्झौता पत्रमा कामको विवरण र शेयर खुलेको हुनुपर्नेछ ।

६) बोलपत्र सम्बन्धि अन्य कुरा बुझ्नु परेमा घोराही उप-महानगरपालिका वा फोन ०८२-५६३२७३, सम्पर्क राख्न सकिनेछ ।

७) म्याद नाघी आएको, रीत नपुगेको र शर्त राखिएको बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।

८) एक फर्मको नाममा खरिद गरिएको वोलपत्र अर्को फर्मको नामबाट दाखिला गर्न पाईने छैन ।

९) कुनै पनि कारण जनाई वा नजनाई सम्पूर्ण वा आंशिक बोलपत्र स्वीकृत गर्ने वा रद्ध गर्ने अधिकार घोराही उप-महानगरपालिकामा सुरक्षित रहनेछ तथा उल्लेखित शर्तहरु रीतपूर्वक नभएको बोलपत्र स्वत खारेज हुनेछ ।

(१०) सूचनामा उल्लेख नभएका कुराहरुको हकमा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ (संसोधन समेत) र विद्युतीय खरिद प्रणाली निर्देशिका, २०८० बमोजिम हुनेछ ।

कामको विवरणहरु :

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE