Newspaper Tender

Source: Aarthik Dainik

Tender Category : Services Procurement
Published Date : Jul 14, 2025
Deadline : July 28, 2025, noon

सिलबन्दी दरभाउपत्र आव्हानसम्बन्धी सूचना

भूमिकास्थान नगरपालिका
नगर कार्यपालिकाको कार्यालय नुवाकोट
लुम्बिनी प्रदेश, नेपाल

सिलबन्दी दरभाउपत्र आव्हानसम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित सूचना मिति २०८२/०३/३० गते)

स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद २ दफा ११ को उपदफा (२) को 'घ' बमोजि प्राप्त अधिकार, भूमिकास्थान नगरपालिकाको आर्थिक ऐन, २०८२ बमोजिम नगरपालिकाको क्षेत्रभित्र उत्पादित कवाडी, जीवजन्तु र जडीबुटीलगायतका वस्तुको व्यावसायिक उपयोग गरेवापत् उल्लेखित वस्तुको कर संकलन गर्ने प्रयोजनका लागि आ.ब.२०८२/२०८३ मा ठेक्का प्रक्रियाको माध्यमद्वारा कर संकलन गर्ने निर्णय भएको हुँदा तपसिलका शर्तहरूका अधिनमा रही ठेक्का प्रक्रियामा आउन इच्छुक नियम अनुसार अनिवार्य दर्ता भएका फर्म तथा संघ संस्थाहरूले शिलबन्दी दरभाउपत्र पेश गर्न हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

तपसिल

१. प्रत्येक ठेक्काको दरभाउपत्र फाराम रु. १०००/- (फिर्ता नहुने गरी) आन्तरिक राजश्व दाखिला गरेको बैंक भौचर वा राजस्व दाखिला गरेको रसिद पेश गरी कार्यालयबाट मिति २०८२/०४/१२ गतेसम्म कार्यालय समयभित्र खरिद गर्न सकिनेछ ।

२. आफूले कबोल गरेको रकम अङ्क र अक्षरमा स्पष्टसँग उल्लेख गरी दरभाउपत्र फाराममा ठेकेदारको नाम, थर, ठेगाना र सहीछाप एवम् संस्थाको छापसमेत लगाई मिति २०८२/०४/१३ गते दिनको १२.०० बजेभित्र भूमिकास्थान नगरकार्यपालिकाको कार्यालय, नुवाकोट, अर्घाखाँचीमा दाखिला गरिसक्नु पर्नेछ ।

३. दाखिला भएका दरभाउपत्रहरू मिति २०८२/०४/१३ गते दिनको १:०० बजे भूमिकास्थान नगरकार्यपालिकाको कार्यालय, नुवाकोट, अर्घाखाँचीमा विभिन्न प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ । दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभए पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।

४. दाखिला गर्ने अन्तिम दिन विदा परेमा उक्त कार्य सोको भोलिपल्ट हुनेछ ।

५. दरभाउपत्रदाताले आफूले कवोल गरेको अंकको नेपाली भए ५ (पाँच) प्रतिशत, गैर नेपाली भए १० (दश) प्रतिशतले हुने धरौटी रकम भूमिकास्थान नगरकार्यपालिकाको कार्यालय, नुवाकोट, अर्घाखाँचीको नाममा प्रभु बैंक, भूमिकास्थान शाखा, नुवाकोट, अर्घाखाँचीस्थित परोटी खाता नं. 258708698680048 मा जम्मा गरेको सक्कलै बैंक भौचर वा नेपाल राष्ट्र बैंकद्वारा मान्यता प्राप्त बैंकद्वारा भूमिकास्थान नगरकार्यपालिकाको कार्यालय, अर्घाखाँचीको नाममा जारी भएको १० दिन म्याद भएको विडवण्ड पेश गर्नुपर्नेछ ।

६. दरभाउपत्र फाराम स्वीकृत भएपछि दरभाउपत्रदाताले कवोल गरेको कूल रकम भूमिकास्थान नगरपालिकाको भूमिकास्थान नुवाकोट शाखाको आन्तरिक खाता नं. २५८७०८६९८६८००१३८ मा एकमुष्ट जम्मा गरेको सक्कलै बैंक भौचर पेश गरेपछि दरभाउपत्रदातासँग सम्झौता गरी ठेक्काको चलान पूर्वी दिइनेछ ।

७. गत विगत सालमा ठेक्का लिई रकम बुझाउन बाँकी राखेका फर्महरूले ठेक्का प्रक्रियामा भाग लिन पाउने छैनन्। तर भूमिकास्थान नगरकार्यपालिकाको कार्यालय, नुवाकोट, अर्घाखाँचीमा बुझाउनुपर्ने सबै रकम भुक्तानी गरेमा ठेक्का लिनबाट बञ्चित गरिने छैन ।

८. प्राप्त दरभाउपत्र फाराम आशिक या पूर्ण रुपमा स्वीकृत गर्ने, नगर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।

९. सबै ठेक्का नं.हरुमा कवोल अङ्गको १.५ प्रतिशत अग्रिम आयकर र थप १२ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्नेछ ।

१०. ठेकेदारले सम्झौताको समयमा ठेक्का अनुसारको सम्पूर्ण रकम एकमुष्ट बुझाएमा कबोल अबको बढीमा दश प्रतिशतसम्म रकम छुट दिन सकिनेछ । यससम्बन्धी थप सूचना जारी गर्नु परेमा यस कार्यालयको वेभसाईट www.bhumikasthanmun.gov.np तथा कार्यालयको सूचना पार्टीमा टाँस गरिनेछ र त्यसरी टाँस गरिने सूचना पनि यसै सूचनाको अन मानिनेछ ।

११. प्रकाशित सूचना बमोजिम कुनै विषय फरक पर्न गएमा सोको अन्तिम निर्णय गर्ने अधिकार भूमिकास्थान नगरकार्यपालिकाको कार्यालयमा निहित हुनेछ ।

१२. यस सूचनामा उल्लेख भएका विषयको हकमा यसै बमोजिम र यसमा उल्लेख नभएका विषयहरूको हकमा प्रचलित कानून बमोजिम हुनेछ ।

१३. यससम्बन्धी अन्य कुरा बुझ्नु परेमा कार्यालय समयमा फोन नं. ९८५७०६९९८१ / ९८५७०६९९८७ / ९८५७०६९०९५ मा सम्पर्क गर्न सकिनेछ । 

नगरपालिकाको क्षेत्रभित्र उत्पादित कवाडी, जीवजन्तु र जडीवुटीको व्यावसायिक कारोवारवापत् कर संकलन


Search, Apply & Get Job: FREE