नेपाल सरकार
अर्थ मन्त्रालय
भन्सार विभाग
वीरगञ्ज भन्सार कार्यालय
भन्सार नियमावली, २०६४ को नियम ३६ ( १ ) अनुसार विभिन्न सवारी तथा ढुवानीका साधन र मोटरसाईकलहरु समेत सिलवन्दी बोलपत्रद्वारा लिलाम बिक्री गरिने वारेको सूचना ।
( सूचना प्रकाशित मिति २०८२।०३।२६)
यस कार्यालयमा भन्सार छली चोरी निकासी/पैठारी अभियोगमा दाखिला भएका विभिन्न सवारी तथा ढुवानीका साधन र मोटरसाईकलहरु समेन (दर्ता हुने / दर्ता नहुने कवाडी (Scrap) भन्सार नियमावली, २०६४ को नियम ३५(१) बमोजिम जे जस्तो अवस्थामा छन् सोही अवस्थामा यस कार्यालयले सिलबन्दी बोलपत्रको माध्यमवाट लिलाम बिक्री गरिने भएकोले इच्छुक व्यक्ति, फर्म वा संघ संस्थाले यो सूचना प्रकाशित भएको मितिले २१ एकाईस दिन भित्र सूचनामा उल्लेखित शर्तहरुका अधिनमा रहने गरी गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएको छ। यस सम्बन्धी विस्तृत विवरण यस कार्यालय लगायत वीरगञ्ज स्थित जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, मालपोत कार्यालय, वीरगञ्ज महानगरपालीकाको कार्यालय र वीरगञ्ज उद्योग वाणिज्य संघको सूचना पाटीमा टाँस गरीएको छ । साथै भन्सार विभागको वेभ साइट www.customs.gov.np र यस कार्यालयको वेभ साइट birgunj.customs.gov.np मा गई यस कार्यालयको लिङ्कमा राखिएको सूचनाबाट समेत हेर्न सकिनेछ । बोलपत्र फाराम तोकिए बमोजिमको दस्तुर बुझाई फिर्ता नहुने गरी यस कार्यालयवाट खरिद गर्न सकिनेछ । आफुले कबोल गरेको रकमको १०% ले हुने रकम एभरेष्ट बैक लि। भन्सार एरीया वीरगन्जमा रहेको यस कार्यालयको धरौटी खाता नं. ०१५००१०५२०००६८ मा जम्मा गरी सोको मक्कल बैंक भौचर बोलपत्र फाराम साथ पेश गर्नु पर्नेछ । अन्य व्यहोरा बुझ्नु पर्ने भएमा कार्यालय समय भित्र यस कार्यालयको मुद्दा शाखाबाट चुक्न सकिने छ ।