NEPAL BANK LIMITED
प्रधान कार्यालय
सामान्य सेवा विभाग
धर्मपथ, काठमाडौँ
सञ्चारवाहक/कुचिकार सेवा करारमा आपूर्ति गर्ने सम्बन्धी बोलपत्र आह्वानको सूचना
सिलबन्दी बोलपत्र आह्वानको सूचना नं. NBL/NCB23/0081/82
(प्रथम पटक सूचना प्रकाशित मिति २०८२ / ०३ /२५)
१. नेपाल बैंक लिमिटेड २०८२ साल कार्तिकदेखि २०८४ असोज मसान्तसम्म दुई वर्षका लागि सम्चारबाहक / कुनिकार सेवा करार मार्फत आपूर्ति गर्न योग्य बोलपत्र दाताहरूबाट बोलपत्र प्रस्ताव आह्वान गर्दछ ।
२. खरिद गरिने सेवाको किसिम तथा परिमाण बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिम हुनेछ ।
३. बोलपत्र सम्बन्धी कागजात e-GP System (www.bolpatra.gov.np/egp) बाट डाउनलोड गर्न सकिनेछ । बोलपत्र कागजात खरिद रकम बापत रु.१०,०००/- (अक्षरुपी दश हजार मात्र पछि फिर्ता नहुने) निम्न बैंक खातामा जम्मा गर्नुपर्नेछ ।
बैंक : नेपाल बैंक लिमिटेड
खाताको नाम: NBL Listing Sealed Quotation
शाखा : काठमाडौँ बैंकिङ अफिस
खाता नं.: ००२००१०६७११२८३०००००१
४. बोलपत्रको मान्य अवधि बोलपत्र खोलिएको मितिदेखि १२० दिनको हुनेछ ।
५. बोलपत्र पेश गर्दा बोलपत्र साथ रु. ३०,००,०००/०० बोलपत्र खोलिने मितिदेखि गणना हुनेगरी १५० दिन मान्य रहने गरी नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंक तथा वित्तीय संस्था (नेपाल बैक लिमिटेड बाहेक) बाट जारी गरेको बैंक जमानत वा यस कार्यालयको काठमाडौँ बैंकिङ अफिसमा रहेको हि.न. ००२००१०६७११२८००००००१ नगद जम्मा गरेको सक्कल बैंक भौचर बोलपत्रसाथ संलग्न गर्नुपर्नेछ ।
६. इच्छुक बोलपत्र दाताहरूले ई-बिडिङ मार्फत बैंकका लागि आवश्यक सञ्चारवाहक/ कुचिकार आपूर्ति गर्न e-GP System (www.bolpatra.gov.np/egp) मार्फत मिति २०८२ /०४/२३ गते ११:०० बजेभित्र बोलपत्र दाखिला गर्न सक्नेछन् ।
७. दाखिला भएका बोलपत्रहरू मिति २०८२ / ०४ / २३ गते १२:३० बजे बोलपत्र दाता वा निजको प्रतिनिधिको रोहबरमा यस विभागमा खोलिनेछ । बोलपत्र दाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्नेछैन । पूर्व निर्धारित मितिमा कुनै कारणवश बोलपत्र नखोलिएको अवस्थामा बोलपत्र र बोलपत्र जमानतको मान्य अवधिको गणना पूर्व निर्धारित मितिदेखि नै गरिनेछ ।
८. बोलपत्र स्वरिद गर्ने, दाखिला गर्ने एवं खोल्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा सो कार्यहरू बिदाको लगत्तै पछिको कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।
९. बोलपत्रमा दर अङ्क र अक्षर दुवैमा स्पष्ट लेख्नुपर्नेछ । अङ्क र अक्षरबीच फरक परेमा अक्षरमा लेखिएकालाई मान्यता दिइनेछ । केरमेट भएमा बोलपत्र दाताको सहीछाप भएको हुनुपर्नेछ ।
१०. म्याद नाघी आएको र रीत नपुगेको बोलपत्र उपर कुनै कारबाही गरिने छैन ।
११. एक फर्म, संस्था वा कम्पनीको नाममा खरिद गरिएको बोलपत्र अर्को फर्म, संस्था वा कम्पनीको नामबाट पेरा गर्न पाइनेछैन ।
१२. बोलपत्र दाखिला सम्बन्धी अन्य जानकारी बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिम हुनेछ ।
१३. बोलपत्र स्वीकृत गर्ने, रद्द गर्ने र आशिक रूपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस नेपाल बैंक लिमिटेडमा सुरक्षित रहनेछ ।
१४. बोलपत्र सम्बन्धी अन्य कुनै कुरा बुझ्नुपरेमा बैंकको प्रधान कार्यालय, सामान्य सेवा विभाग, धर्मपथ, काठमाडौँमा सम्पर्क राख्न सकिनेछ वा बोलपत्र सम्बन्धी कागजात हेर्नुपरेमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट https://ppmo.gov.np/ मा हेर्न सकिनेछ ।