गाडी भाडामा लिने सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वान

गण्डकी प्रदेश सरकार
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय 
पूर्वाधार विकास निर्देशनालय पूर्वाधार विकास कार्यालय

गाडी भाडामा लिने सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सुचना

(प्रथम पटक प्रकाशित मिति २०८२ / ०३ / २४)

यस पूर्वाधार विकास कार्यालय तनहुँको लागि आ. व. २०८२ / ८३ मा कार्यालय प्रयोजनार्थ चालक सहित न्यूनतम पाँच सिट क्षमताको 4 WD सवारी साधन भाडामा लिन आवश्यक परेकोले ईच्छुक सवारी धनी / फर्महरुलाई देहाय अनुसारको शर्तको अधिनमा रहि तोकिएको समयभित्र रितपुर्वकको शिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सुचित गरिन्छ ।

१. निवेदन सहितको सिलबन्दी दरभाउपत्र पेश गर्दा विमा कायम गरी नविकरण भएको सवारी दर्ता प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, फर्मको हकमा (फर्म दर्ता तथा नविकरणको प्रमाणपत्र, मुल्य अभिवृद्धि कर दर्ता भएको प्रमाणपत्रको प्रतिलिपिहरु) संलग्न राखि यो सुचना प्रकाशित भएको मितिले १५ औ दिनभित्र यस कार्यालयको राजश्व खाता नं. २७३०२००००१००१०००००१२ (कार्यालय कोड नं ३३७०१३८०३४, राजश्व शिर्षक नं. १४२२९ जम्मा गर्ने बैंक नेपाल बैंक लि.) मा रु.१०००/- (पछि फिर्ता नहुने गरी) सिलबन्दी दरभाउपत्र दस्तुर जम्मा गरी कार्यालयमा आफै उपस्थित भई वा आफनो आधिकारिक प्रतिनिधि पठाई कार्यालयबाट दरभाउपत्र सम्बन्धी कागजात खरिद गर्न सकिनेछ । सूचना प्रकाशन भएको मितिले सोही दिनको मध्यन्न १२:०० बजे भित्र दरभाउपत्रको कागजातको BOQ मा दररेट भरी सम्झौताका शर्तहरु सहि गरी सिबन्दी दरभाउपत्र दर्ता गर्नुपर्नेछ । रीत नपुगि आएका वा म्याद नाघि आएको वा अन्य शर्त राखी पेश हुन आएका दरभाउपत्र मुल्याङ्कनमा समावेश गरिने छैन । सोही दिन दिउसो १:०० बजे सिलबन्दी दरभाउपत्र खोलिनेछ । उक्त दिन सार्वजानिक बिदा पर्न गएमा सोको भोलिपल्ट खोलिनेछ ।

२. अन्य जानकारी सिलबन्दी दरभाउपत्र सम्बन्धी कागजातमा उल्लेख भएको र थप जानकारीका लागि कार्यालय समय भित्र यस कार्यालयमा सम्पर्क गर्न वा कार्यालयको Website idotanahun.gandaki.gov.np login गरी हेर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE