शिलबन्दी दरभाउ पत्र आव्हान सम्बन्धी सूचना
प्रथम प्रकाशित मिति २०८२ / ०३ / २४
नेपाल नेत्र ज्योति संघ अन्तर्गत संचालित गौर आँखा अस्पतालका निमित्त आ. व. २०८२ / ०८३ को लागि औषधी, ल्याब तथा सर्जिकल सामाग्री लेन्स (IOL), चश्मा फ्रेम, शिशा लगायतका सामग्रीहरु वर्ष भरी सप्लाई गर्नुपर्ने भएको हुँदा नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक रजिस्टर्ड कम्पनी वा सप्लायर्सहरुबाट सूचना | प्रकाशित भएको मितिले २१ दिन भित्र यस अस्पतालको लेखा शाखामा आई पुग्ने गरी | शिलबन्दी दरभाउ उल्लेख गरी शिलवन्दी दरभाउपत्र आव्हान गरिन्छ ।
१. विस्तृत विवरण सहितको दरभाउपत्र फारम दस्तुर बापत रु.३०००।०० अक्षरेपी तीन हजार मात्र (पछि फिर्ता नहुने गरी) गौर आँखा अस्पतालको राष्ट्रिय वाणिज्य बैंक लि. गौर शाखामा रहेको खाता नं १२१०१००००१३४६००१ मा दाखिला गरेको भौचर संलग्न गरी फर्मको दर्ता प्रमाणपत्र, आ.व. २०८१ / ०८२ सम्मको लागि सम्बन्धित व्यवसाय गर्न पाउने गरी नविकरण गरिएको इजाजत पत्र, कर दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र (२०८० / ०८१) को प्रतिलिपी अनिवार्य रुपमा पेश गरी दरभाउपत्र फारम २०८२ श्रावण १२ गते दिउसो ४:०० बजे सम्म खरिद गरी गौर आँखा अस्पतालमा बुझाई सक्नु पर्नेछ । दरभाउपत्र यस अस्पतालको लेखा शाखाबाट उपलब्ध गराईने छ ।
२. प्राप्त शिलबन्दी दरभाउपत्र मिति २०८२/०४ / १३ गते दिनको २:०० बजे निवेदक वा निजको प्रतिनिधीहरूको उपस्थितिमा खोलिनेछ वा उपस्थिति नरहेमा पनि खोल्न बाधा पर्ने छैन । यदि सो दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट ।
३. शिलबन्दी दरभाउ पत्र सम्बन्धी फारमहरु अस्पतालको वेवसाइट www.geh.org.np मा समेत उपलब्ध रहेको जानकारी गराईन्छ ।
४. दरभाउ पत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार अस्पतालमा निहित रहनेछ ।
थप जानकारीका लागि
नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पताल,
गौर- ०८, पुरेनवा, रौतहट, नेपाल ।
फोन नं. ०५५-५२०६१९