लिलाम बिक्री सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८२ / ०३ / २२
यस कार्यालयमा रहेका पुराना फर्निचर, सवारीसाधन तथा सवारी साधनका विभिन्न फलामे पार्टपूर्जाहरू, जस्तापाता, टिन तथा आल्मोनियमका टुक्राहरू गाडीका टायर, आदि सामानहरू लिलाम बिक्री गर्नका लागि सूचना प्रकाशित गरिएको छ । ईच्छुक व्यक्ति वा फर्महरूबाट फारममा उल्लेखित शर्तहरू समेतको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिले ७ सात दिनभित्र कार्यालय समयमा रीतपूर्वकको सिलबन्दी बोलपत्र यस कार्यालयमा पेश गर्न सुचित गरिन्छ । बोलपत्र फारम कार्यालय समयभित्र रु. १०००/- तिरी यस कार्यालयबाट अथवा यस औद्योगिक क्षेत्र व्यवस्थापन लि.का नाममा रहेको खाता नं. ३१९०१०१०००००१५ (ग्लोबल आई. एम.इ बैंक, बालाजु शाखा) मा (पछि फिर्ता नहुने गरी जम्मा गरी खरिद गर्न सकिनेछ। रीत नपुगेका अथवा म्याद नाघि आएको बोलपत्र उपर कुनै कारवाही हुने छैन । बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहने। छ । लिलाम बिक्री सम्बन्धी शर्तहरू यस कम्पनीको प्रशासन शाखामा तथा लिलाम बिक्री गरिने मालसामानहरूको विस्तृत विवरण यस कार्यालयको सूचनापाटीमा टाँस गरिएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड
बालाजु, काठमाडौं ।
फोन : ४९५०५२३, ४९५०८४, ४९५०२७४