बुद्धभूमि नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
हनुमानचोक, बुड्ढी, कपिलवस्तु
लुम्बिनी प्रदेश, नेपाल
तालको ठेक्का व्यवस्थापनका लागि शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८२ / ०३ / १९
बुद्धभूमि नगरपालिकाको आर्थिक ऐन, २०८१ तथा नगर कार्यपालिकाको मिति २०८१।९।२९ को निर्णयानुसार नौखानिया तालको ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूले फर्मको नवीकरण भएको प्रमाणपत्र, प्यानमा दर्ता भएको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०८०/०८१ सम्मको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरू संलग्न गरी तपशिल बमोजिमका शर्तहरूको अधीनमा रही शिलबन्दी दरभाउ पत्र प्रकृयामा सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागि १५ दिने सूचना प्रकाशन गरिएको छ ।

नोटः थप जनाकारीको लागि नगरपालिकाको कार्यालयको वेभसाइटमा वा राजश्व शाखामा सम्पर्क गर्नुहोला ।
प्रमुख प्रशासकीय अधिकृत