बस सेवा सञ्चालन सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वान

नेपाल सरकार
नेपाल कृषि अनुसन्धान परिषद्

राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान
खुमलटार, ललितपुर

बस सेवा संचालन सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानको सूचना 

प्रथम पटक प्रकाशित मिति २०८२/०३/१८ गते

नेपाल कृषि अनुसन्धान परिषद् अर्न्तगत खुमलटार स्थित कार्यालयका कर्मचारीहरुका लागि आ.व २०८२/०८३ मा बिहान १०:०० बजे अघि कार्यालयमा ल्याउन र बेलुका ५:०० बजे पश्चात सोहि स्थान सम्म पुऱ्याउन आवश्यक पर्ने एक (१) वटा बस सेवा भाडामा लिन इजाजत प्राप्त यातायात व्यावसायी (प्रा. लि / कम्पनी आपूर्तिकर्ताहरुबाट १५ दिन भित्र रितपूर्वक शिलबन्दी दरभाउपत्र पेश गर्नु हुन आह्वान गरिन्छ । दरभाउपत्र फारम यस प्रतिष्ठानको प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि प्रशासन शाखा फोन नं ५५४०८१५ ५५२५७०४ मा सम्पर्क गर्नुहुन वा प्रतिष्ठानको सूचना पाटीमा हेर्नु हुन अनुरोध गरिन्छ ।


Search, Apply & Get Job: FREE