चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा आन्तरिक आय सम्बन्धी विद्युतीय दरभाउपत्र आव्हान

चौतारा साँगाचोकगढी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय 
चौतारा, सिन्धुपाल्चोक

आन्तरिक आय तर्फको विद्युतीय दरभाउपत्र आव्हान सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशित मिति: २०८२ / ०३ / १६ गते

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६२क मा भएको व्यवस्था यस नगरपालिकाको आन्तरिक आय संकलन (ठेक्का बन्दोवस्त सम्बन्धी कार्यविधि, २०७५ (संसोधित सहित), स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन, बागमती प्रदेश सरकारको प्रदेश आर्थिक ऐन, २०८१ को दफा ९(१) र सो संग सम्बन्धित अनुसूची- ५, बागमती प्रदेश सरकारको नदीजन्य पदार्थ (संकलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधिमा भएको व्यवस्था र यस चौतारा साँगाचोकगढी नगरपालिकाको मिति २०८२ / ०३ / ११ गतेको राजश्व परामर्श समितिको बैठक र २०८२ / ०३ / १२ गतेको नगर सभाको निर्णयानुसार आ.व. २०८२ / ०८३ को आन्तरिक आय असुल सम्बन्धी कार्य देहाय बमोजिम उल्लेखित ठेक्काद्वारा गराउनका लागि यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकाशित भएको मितिले तोकिएको म्याद भित्र कानूनी प्रकृया पुरा गरेको इच्छुक फर्महरुले विद्युतीय माध्यम (E-Bidding) द्वारा मात्र दरभाउपत्र पेश गर्नुपर्नेछ । अन्य थप जानकारीका लागि कार्यालय समय भित्र चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

ठेक्का सम्बन्धी शर्तहरु :

१. माथि उल्लेखित ठेक्काको बोलपत्र भर्दा कवोल अंक र अक्षर दुवैमा खुलाउनु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा उल्लेख भएको रकमलाई मान्यता दिईनेछ । साथै उक्त आय ठेक्काहरुमा जुन कबोल अंक बढी हुन्छ सो कबोल कर्ताको बोलपत्र स्वीकृत गरिनेछ ।

२. ठेक्का अवधि प्रचलित कानून बमोजिम आ.ब. २०८२/०८३ सम्म कायम रहनेछ । ठेक्का अवधिमा आषाढ श्रावण र भाद्र महिनामा नदीबाट नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्न पाईने छैन । परिमाणका आधारमा ठेक्का सम्झौता हुने भएकाले बन्द हड्ताल आदिका कारण केहि दिन काम सूचारु नभएको अवस्थामा कुनैपनि किसिमको दावी विरोध गर्न पाईने छैन । तर संघीय सरकार, प्रदेश सरकार, यस नगरपालिका तथा अदालतको आदेश वा निर्णय र अन्य कुनै कारणबाट ठेक्का अवधि भित्र सम्झौता उल्लेख भएको परिमाण उठाउन नपाएमा दोस्रो पक्षले उचित र प्रयत्न कारण देखाई माग दावी गर्न बाधा पर्ने छैन । सम्झौता हुने दिन भन्दा अघिल्लो दिन सम्म नगरपालिकाले अमानतवाट संकलन गरेको परिमाण र सो को रकम कुल रकमबाट घटाई बाँकी रकम नगरपालिकालाई बुझाउनु पर्नेछ । सो रकम अन्तिम किस्तामा मिलान गरिनेछ ।

३. माथि उल्लेखित सबै ठेक्काहरुको कवोल अंकको थप मुल्य अभिवृद्धि कर (१३ प्रतिशत) राजश्व ठेक्का लिने फर्मले यस कार्यालयमा बुझाउनुपर्नेछ ।

४. धरौटी वापत कबोल गरेको अंकको ५ (पाँच) प्रतिशत रकम यस कार्यालयको नेपाल बैंक लि. चौतारा स्थित बैंक धरौटी खाता नं. ०५७०३०००००३००००००००१ मा नगद दाखिला गरेको सक्कल भौचर वा दरभाउपत्र दाखिला गर्ने अन्तिम मितिबाट १२० दिन सम्म म्याद भएको "क" वर्गको वाणिज्य बैंकको जमानत (विड वण्डको सक्कल प्रति) दरभाउपत्र साथ संलग्न गरी पेश गर्नुपर्नेछ । धरौटी बापत जम्मा गरेको रकमलाई किस्तामा समावेश गर्न पाईने छैन र उक्त बैंक जमानत तथा नगद धरौटी नियमानुसार कागजात पेश गरिसके पछि प्रचलित कानून बमोजिम फिर्ता गरिनेछ ।

५. प्रचलित कानून बमोजिम कवोल गरेको रकम एकमुष्ठ अग्रिम रुपमा बुझाएमा ५ (पाँच) प्रतिशत सम्म रकम छुट दिईनेछ । तर नियमानुसार लाग्ने मु.अ. कर प्रयोजनको लागि भने छुट दिईने छैन । बोलपत्र खरिद गर्दा नियमानुसार लाग्ने दस्तुर वापतको रकम यस कार्यालयको नेपाल बैंक लि., चौतारा शाखामा रहेको आन्तरिक राजश्व खाता नं. ०५७०३०००००१००१०००००१ मा दाखिला गर्नुपर्नेछ ।

६. कारण जनाई वा नजनाई बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार कार्यालयमा सुरक्षित रहनेछ ।

७. दरभाउपत्र दिँदा कुनै किसिमको शर्त मान्य हुने छैन । साथै रित नपुगी आएको दरभाउपत्र उपर कुनै कारवाही हुने छैन ।

८. ठेक्कामा कुनै विवाद भएमा चौतारा साँगाचोकगढी नगर कार्यपालिकाको निर्णय अन्तिम हुनेछ ।

९. उक्त ठेक्काहरुको E-Submission गर्ने दरभाउपत्रदाताले दरभाउपत्र दाखिला गर्ने अन्तिम मिति २०८२/०४ / १४ गते दिनको १२:०० बजे भित्र PDF Format मा Upload गरी सक्नु पर्नेछ। Upload भएका दरभाउपत्रहरु सोही दिनको १:०० बजे चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यालयमा खोलिनेछ साथै उक्त सूचना चौतारा साँगाचोकगढी नगरपालिकाको वेवसाईट chautaramun.gov.np मा राखिएको छ र दरभाउपत्र फाराम PPMO को वेबसाईट http://www.bolpatra.gov.np/egp बाट E-Bidding मार्फत् पेश गर्न सकिनेछ ।

१०. दरभाउपत्र फारामहरु दाखिला गर्ने र खोल्ने दिन सार्वजनिक विदा परेमा सो लगत्तै कार्यालय खुलेको दिन क्रमश सोही समयमा हुनेछ । तर विड वण्डको मान्य अवधि सुरुकै मितिबाट कायम हुनेछ ।

११. यस सूचनामा उल्लेख भएका शर्तहरुका अतिरिक्त दरभाउपत्र साथ संलग्न गरिएको आय ठेक्का सम्बन्धी अन्य शर्तहरुका प्रत्येक बुँदाहरु यसै सूचनाका शर्त सरह लागू हुनेछ ।

१२. यस सूचना तथा दरभाउपत्र साथ संलग्न अन्य शर्तहरु पूरा नभएका दरभाउपत्रहरु मुल्याङ्गनमा समावेश गरिने छैन ।

१३. नेपाल सरकार तथा बागमती प्रदेश सरकारबाट ढुश, गिटी, वालुवा स्लेट ग्राभेल र रोडा घाटगद्दी एवं विक्री (स्वीकृत खानी क्षेत्र बाहेक) बापतको शुल्क (कर) मा हेरफेर गरेको अवस्थामा सो शर्तहरु ठेकेदारहरुले अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । प्रदेश सरकारबाट थपघट भएको करको अनुपातमा ठेक्का अंक निर्धारण गरिनेछ । सो बमोजिम पेश गर्नुपर्ने किस्ता रकम वा बैंक ग्यारेन्टी सम्बन्धित ठेकेदारले बुझाउनुपर्नेछ । 

१४. अन्य कुराहरु यस कार्यालयको सूचना पाटीमा टाँस गरिएको सूचना तथा अन्य प्रचलित ऐन कानून वमोजिम हुनेछ ।

१५. बुँदा नं. ५ बमोजिम एकमुष्ठ रकम नबुझाएमा कुल कबोल अंक मध्ये पहिलो किस्तामा बुझाउनुपर्ने रकम बाहेक बाँकी रकमको ठेक्का अवधिमा १ महिना थप भएको सम्मका चौतारा सांगाचोकगढी नगरपालिकाको कार्यालयले तोकेको निर्धारित ढांचामा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त 'क' वर्गका वाणिज्य बैंकको जमानत (परफरमेन्स वण्ड पेश गरे पश्चात् मात्र ठेक्का सम्झौता गरी कार्यादेश दिईनेछ । 

१६. कायम हुन आएको ठेक्का अंक रकमको भुक्तानी तालिका देहाय अनुसार हुनेछ ।

१७ ठेक्का कबोल गर्ने ठेकेदारले तोकिएको शुल्क उठाउँदा प्रयोग गर्ने रसिदहरु ठेकेदारले आफ्नो तर्फबाट छपाई उक्त रसिदहरु यस कार्यालयबाट प्रमाणित गराई प्रयोग गर्नुपर्नेछ । प्रमाणित नगरेको रसिदबाट शुल्क उठाइएको पाइएमा नियमानुसार कारवाही गरिनेछ ।

१८. ठेकेदारले उठाउने कर शुल्क कार्यालयद्वारा तोकिएको संकलन केन्द्रमा नै उठाउनु पर्नेछ । साथै दररेट सहित कार्यालयले तोकेको विवरण भएको साइनबोर्ड सबैले देख्ने गरी सम्बन्धित केन्द्रमा राखिएको हुनुपर्नेछ । १९. नगरपालिकालाई बुझाउनु पर्ने बाँकी बक्यौता भएको वा कालो सुचीमा परेको व्यक्ति / फर्मको बोलपत्र स्वीकृत गरिने छैन ।

२०. ढुङ्गा, गिटी, बालुवा, ग्राभेल रोडा आदिको कर प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनले निषेध गरेको स्थानमा वसी संकलन गर्न पाईने छैन ।

२१. जमानी वापत दरभाउपत्रमा आफुले भरेको रकम अंक र अक्षरमा स्पष्ट उल्लेख भएको हुनुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ ।

२२. तोकिएको समयमा तोकिएको किस्ता रकम बुझाउनु पर्नेछ । अन्तिम किस्ता रकम समेत तोकिएको समयमा नबुझाएमा पेश गरिएको बैंक जमानतबाट सम्झौता अनुसारको ठेक्का रकम अशुल उपर गरिनेछ । सो उपर ठेकेदारले कुनै किसिमको हर्जना दावी गर्न पाउने छैन ।

२३. प्रचलित कानून सम्झौता र सूचनाको शर्त विपरित कार्य गरेमा जुनसुकै अवस्थामा पनि कार्यालयले ठेक्का तोड्न सक्नेछ र त्यसबाट कार्यालयलाई हानी नोक्सानी भएमा ठेक्का लिने पक्षबाट सरकारी बाँकी सरह अशुल उपर गरिनेछ ।

२४. यस नगरपालिका भित्रका नदी नालाबाट ढुङ्गा, गिटी, बालुवा निकाली संकलन तथा विक्री गर्ने क्रममा नगरपालिका भित्रका पक्की पुलको तल ५०० मिटर क्षेत्रबाट निर्माण सामाग्री उत्खनन् गरी विक्री गर्न कानूनले पुर्ण रुपमा प्रतिबन्ध लगाएको हुँदा कर संकलनले सो कुरालाई पुर्ण रुपमा ध्यान दिनुपर्नेछ । दुश, गिटी, बालुवा उत्खनन् तथा संकलन गर्दा स्वीकृत भएको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदनले नक्साङ्गन गरेको क्षेत्रमा तोकिएको परिमाण उत्खनन् गर्न वाधा पर्ने छैन । तर प्रारम्भिक वातारणीय परीक्षण (IEE) प्रतिवेदन प्रतिकुल हुन गरी साथै यसै ठेक्कामा उल्लेख गरेको परिमाण भन्दा वढि परिमाण उत्खनन् तथा विक्री संकलन गर्न पाईने छैन ।

२५. यस कार्यालयमा पेश हुन आएको दरभाउपत्र, दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा खुल्नेछ । तर दरभाउपत्रदाता वा निजको प्रतिनिधि सो समयमा उपस्थित नभए पनि कार्यालयको प्रतिनिधिको रोहबरमा खोल्न सकिनेछ ।

२६. दरभाउपत्र पेश गर्दा पेश गर्ने फर्म वा कम्पनीका व्यवसायी नवीकरण प्रमाण पत्र, स्थायी लेखा नं., मु.अ. कर प्रमाण पत्रको प्रतिलिपि र कर चुक्ता प्रमाण ( २०८० / ०८१) पत्रको प्रतिलिपि संलग्न राखी पेश गर्नुपर्नेछ । २७. दरभाउपत्र फाराम नियमानुसारको राजश्व तिरी PPMO को वेबसाईट http://www.bolpatra.gov.np/egp बाट E-Bidding मार्फत् डाउनलोड गरी पेश गर्न सकिनेछ ।

२८. बुङ्गा, गिटी, बालुवा, रोडा आदिको संकलन तथा विक्रीका सम्बन्धमा जिल्ला स्तरीय र नगर स्तरीय अनुगमन समितिले दिएका सुझाव तथा निर्देशनहरु पुर्ण रुपमा पालना गर्नुपर्नेछ । 

२९. उपरोक्त अनुसार उल्लेख भएका शर्तहरुको हकमा यसै अनुसार हुने र उल्लेख नभएकाहरुको हकमा प्रचलित कानून तथा ठेक्का स्वीकृत पश्चात् गरिने सम्झौता अनुसार हुनेछ। 

३०. अन्य विस्तृत जानकारीका लागि यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत
चौतारा साँगाचोकगढी नगरपालिका


Search, Apply & Get Job: FREE