Newspaper Tender

Source: Madhyanha National Daily

Type : Bolpatra
Published Date : Jun 30, 2025
Deadline : July 15, 2025, noon
Type : Bolpatra

मानवसेवा आश्रमद्वारा स्कुटर खरिदको दोस्रो पटक बोलपत्र आह्वान

मानवसेवा आश्रम 
(मानवता प्रवर्द्धन महाअभियान ) 
बागमती प्रदेश, काठमाडौं

स्कुटर खरिदको बोलपत्र आहवान सम्बन्धी सूचना 

दोस्रो पटक प्रकाशित मिति: २०८२ / ०३ / १६ गते
Contract ID No: MSA/03/2081/82

हाल सञ्चालनमा रहेका मानवसेवा आश्रमका शाखाहरुको सेवा प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि जम्मा २३ (तेइस) यान स्कुटरहरूको आवश्यकता परेकोले विक्री गर्न इच्छुक | आपूर्तिकर्ता / विक्रेताहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयभित्र बोलपत्र पेश गर्न अनुरोध गरिन्छ ।

बोलपत्र खरिद प्रक्रिया:

१. बोलपत्र खरिदका लागि मानवसेवा आश्रमको NMB Bank Limited अन्तर्गत MANAVSEWA ASHRAM PROCUREMENT DEPARTMENT खातामा, खाता नम्बर ०९०००७६४४७८०००२७२ शाखा कोड ०९० मा रु १,००० (अक्षरेपी एक हजार मात्र जम्मा गरी प्राप्त नगद रसिद सहित बोलपत्र फाराम प्राप्त गर्न सकिनेछ ।

२ नगद रसिद जसको नाममा जारी गरिएको छ, सोही नाममा रहेको विक्रेताले मात्र बोलपत्रमा सहभागी हुन पाउनेछन्।

२. मानवसेवा आश्रमको नियमानुसार बोलपत्र दस्तुर रु. १,००० (फिर्ता नहुने बुझाई बोलपत्र फाराम कार्यालयवाट उपलब्ध गराइनेछ।

४. यस खरिद प्रक्रियामा अधिकारिक विक्रेताहरू (Sole Distributor) मात्र सहभागी हुन पाउनेछन् । 

बोलपत्रमा संलग्न गर्नुपर्ने कागजातहरू

१. नवीकरण गरिएको फर्म वा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

२. मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

३. आ.व. २०५०/०८१ को कर चुक्ता प्रमाणपत्र वा म्याद थप भएको प्रमाणपत्र ।

४. खरिद कारवाहीमा नपरेको स्वयं घोषणा पत्र

५. रु.१,००० (अक्षरेपी एक हजार मात्र तिरेको नगद रसिद

विशेष जानकारी:

  •  सार्वजनिक विदा परेको अवस्थामा विदा समाप्त भएको पहिलो कार्यदिवस भित्र बोलपत्र पेश गर्न सकिनेछ।
  •  बोलपत्र सूचना समाप्त भएको मितिले सात दिन भित्र अपराह्न २:०० बजे मानवसेवा आश्रम रानीवन शाखामा योपपत्रदाताहरु समेतको प्रतिनिधिहरूको उपस्थितिमा खोलिनेछन् । प्रतिनिधिहरू उपस्थित नभएमा बोलपत्र खोल्न कुनै वाधा पर्नेछैन ।
  •  यस कार्यालयवाट उपलब्ध गराइएको स्पेशिफिकेसन अनुसार प्राप्त नभएका बोलपत्रमाथि कुनै कारवाही गरिने छैन।
  •  कबुल गरेको दररेट अंक र अक्षरमा स्पष्ट बुझिनेगरी उल्लेख गर्नुपर्नेछ अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको दरलाई मान्यता दिइनेछ ।
  •  बोलपत्र खोल्नु अघि सम्बन्धित पक्षहरूलाई जानकारी दिइनेछ ।
  •  बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ
  • थप जानकारीका लागि मानवसेवा आश्रम रानीवन शाखामा सम्पर्क गर्नुहोला |

सम्पर्क कार्यालय
मानवसेवा आश्रम, रानीवन
नाम : लिलेश कुमार यादव / राजु चौलागाई 
फोन नम्बर ९८५५००६०६९ / ९८५५०७६०२१


Search, Apply & Get Job: FREE