शिवराज नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
चन्द्रौटा कपिलवस्तु
लुम्बिनी प्रदेश, नेपाल
शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना ।
प्रथम पटक प्रकाशित मितिः २०८२०३१३
शिवराज नगरपालिका, नगर कार्यपालिकाको सत्री नगर सभाको निर्णय बमोजिम तपसील बमोजिका कामहरूको न्यूनतम ठेक्का अंकमा नघट्ने गरी आ.व. ०८२|०८३ को लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएको हुंदा इच्छुक दर्तावाला फर्म / संघ संस्थाहरूले लिन चाहेको ठेक्काको दरभाउ पत्र फाराम दस्तुर फिर्ता नहुने गरी तपसीलमा उल्लेखित भएको म्याद भित्र ठेक्काको दरभाउ पत्र खरिद गरी आफूले कबोल गरेको ठेक्का अंकको ५ प्रतिशत र गैर नेपाली नागरिक भए आफुले कबोल गरेको ठेक्का अंकको १० प्रतिशतका दरले हुन आउने रकम नगदै यस नगरपालिकाको नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखा स्थानीय तह धरौटी खाता नं. २२८०३०००००३००००००००१ मा जम्मा गरेको सक्कले बैंक भौचर वा ९० (नब्बे ) दिन सम्म म्याद भएको मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी गरिएको बैंक जमानत बोलपत्र साथ राखी निर्दिष्ट स्थानमा दरभाउपत्र दाताको सहीछाप गरी सिलबन्दी दरभाउ पत्र पेश गर्नुहुन सम्बन्धि सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
शर्तहरू:
१. दरभाउ पत्र फारम र शर्तहरूको सूची यस कार्यालयको राजश्व शाखा बाट तोकिएको दस्तुर (पछि फिर्ता नहुने गरी) तिरी खरिद गर्न सकिने छ ।
२. यस नगर क्षेत्र भित्र स्थायी ठेगाना भएका दरभाउ पत्र दाताहरूले अनिवार्य रूपमा नगरपालिकामा व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने छ ।
३. दरभाउ पत्र प्रथम पटक सूचना प्रकासित भएको मितिले १५ औ दिन सम्म कार्यालय समय भित्र र उक्त दिन विदा परेमा सोको भोलिपल्ट कार्यालय समय भित्र यस कार्यालयको राजश्व शाखाबाट वा नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा राजस्व खाता नं. २२८०३०००००१००१०००००१ मा दाखिला गरेको सक्कल बैंक भौचर पेश गरी दरभाउ पत्र खरिद गर्न सकिने छ।
४. दरभाउ पत्र १६ औं दिनको १२:०० बजे सम्म खरीद तथा दर्ता गर्न सकिनेछ। उक्त दिन विदा परेमा सोको भोलिपल्ट सोही समय भित्र खरिद तथा दर्ता गर्न सकिनेछ। दर्ता भएकै दिनको २:०० बजे दरभाउ पत्र दरभाउदाता वा निजको प्रतिनिधिहरूको रोहबरमा खोलिने छ ।
५. दरभाउपत्र दाता वा निजहरूको प्रतिनिधी उपस्थित नभएता पनि दरभाउ पत्र खोल्न बाधा पर्ने छैन ।
६. कार्यालयबाट विक्री नभएको, दरभाउ पत्र दाताको दस्तखत नभएको र शर्त राखि पेश भएको दरभाउ पत्र मान्य हुने छैन ।
७. रीत नपुगी वा म्याद नाघी आएको दरभाउ पत्र उपर कुनै कारवाही हुने छैन ।
८. दरभाउ पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
९. यसमा नपरेको अन्य कुराहरू प्रचलित ऐन, नियम अनुसार हुनेछ ।
१०. यस सम्बन्धमा अन्य थप केही कुरा बुझ्नु परेमा यस कार्यालयको राजश्व शाखामा सम्पर्क गर्न सकिने छ ।
११. शिलबन्दी दरभाउपत्र सदर, बदर वा आंशिक रूपमा सदर बदर गर्ने सम्पुर्ण अधिकार यस नगरपालिकामा निहित रहनेछ ।
तपसिल

प्रमुख प्रशासकिय अधिकृत