डिभिजन वन कार्यालय, चितवनको
काठ सिलबन्दी बोलपत्रद्वारा लिलाम
बिक्री बारेको सूचना
सूचना प्रकाशन मिति २०८२/०३/१२
यस कार्यालय अन्तर्गतका विभिन्न स्थानमा घाटगद्दीमा भएका राष्ट्रिय वन अन्तर्गत वरण्डाभार वन संरक्षण क्षेत्रबाट विभिन्न आ.व. मा सङ्कलित, विभिन्न मितिमा बेवारिसे बरामद तथा विभिन्न आ.व.मा विभिन्न घटनाका मुद्दामा जफत भएका गरी कुल २६७४२|५६ क्युफिट साल तथा अन्य जातका काठहरू जे जस्तो अवस्थामा छ, सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजाने गरी लिलाम बिक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ। काठ दाउराको बोलपत्रको प्रतिस्पर्धामा वन पैदावारको कारोबार गर्ने उद्देश्यले दर्ता भई डिभिजन वन कार्यालयमा सूचिकृत तथा अद्यावधिक इच्छुक फर्म वा उद्योगले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रत्येक लटको छुट्टाछुट्टै सिलबन्दी बोलपत्र खरिद गरी तोकिएको समयभित्र दाखिला गर्न आह्वान गरिन्छ । पूर्ण | व्यहोराको सूचना यस कार्यालयको सूचना पाटी तथा वेबसाइट (www.dfochitwan.gov.np) मा प्रकाशन गरिएको छ ।
डिभिजनल वन अधिकृत
डिभिजन वन कार्यालय, चितवन