Newspaper Tender

Source: Adarsha Samaj

Tender Category : Auction
Type : Bolpatra
Published Date : Jun 26, 2025
Deadline : July 11, 2025, noon
Type : Bolpatra

लिलाम बिक्री सम्बन्धी सूचना

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड
शाखा कार्यालय
पोखरा औद्योगिक क्षेत्र, कास्की

लिलाम बिक्री सम्बन्धी सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति: २०८२/०३/१२)

यस कार्यालयमा जिन्सी निरीक्षणका क्रममा लिलाम योग्य भनी औल्याइएका पुराना कबाड़ी सामानहरु जहाँ जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा शिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्नुपर्ने भएकाले १५ (पन्ध्र) दिने सूचना प्रकाशित गरिएको छ । बोलपत्रमा भाग लिई खरिद गर्न चाहने व्यक्ति वा संघसंस्था (फर्म) हरुले नागरिकता / दर्ता प्रमाणपत्रको प्रतिलिपि राखी सूचना प्रकाशित भएको मितिले १५ औं दिनको कार्यालय समयभित्र रू.१,००० / ० ( एक हजार) (फिर्ता नहुने गरी) मा बोलपत्र फारम खरिद गरी १६ औं दिनको १२:०० बजेभित्र कार्यालयमा दर्ता गर्नुपर्नेछ । दर्ता हुन आएका बोलपत्र फारामहरु १६ औं दिनको २:०० बजे यस कार्यालयमा नियमानुसार खोलिनेछ । आफूले कबोल गरको रकमको १०% ले हुने रकम यस कार्यालयको श्री लक्ष्मी सनराइज बैंक लिमिटेड, पोखरा औद्योगिक क्षेत्र शाखामा रहेको चल्ती खाता नं. ०३६११००००१७ ( खाताको नाम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, पोखरा शाखा) मा जम्मा गरेको सक्कल बैंक भौचर बोलपत्रका साथ संलग्न गर्नुपर्नेछ । सामानहरु हेर्न र अन्य थप कुराहरु बुझ्न परेमा कार्यालय समयभित्र कार्यालयको फोन नं. ०६१५७०२०५ मा सम्पर्क गर्न सकिनेछ । अन्य सामान्य शर्तहरु कार्यालयको सूचना पाटीमा टाँस गरिएको छ । प्राप्त भएका बोलपत्रहरु स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ ।


Search, Apply & Get Job: FREE