Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Rental Services
Published Date : Jun 24, 2025
Deadline : July 9, 2025, noon

काठमाडौँस्थित सम्पर्क कार्यालयका लागि घर बहाल सम्बन्धी शिलबन्दी प्रस्ताव आह्वान सम्बन्धी सूचना

मुख्य न्यायाधिवक्ताको कार्यालय
मधेश प्रदेश, जनकपुरधाम ।

घर भाडा लिने सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मितिः २०८२|०३|१०

यस कार्यालयको सम्पर्क कार्यालय काठमाडौंका लागि घर भाडामा लिनु पर्ने भएकाले काठमाडौ ३२ स्थित अरनिको राजमार्गको उत्तर र बागमति करिडोरको दक्षिण तर्फ क्वालिटि फुट क्याफेको पछाडी तर्फको क्षेत्रभित्र पर्ने ईच्छुक घरधनीहरुबाट तपसिल बमोजिमको विवरण तथा शर्तहरु सहित रितपुर्वक शिलबन्दी निवेदन मुख्य न्यायाधिवक्ताको कार्यालय, मधेश प्रदेश, जनकपुरधाममा १५ (पन्ध्र) दिनभित्र पेश गर्नु हुन अनुरोध छ ।

तपसिल

१. बहालमा दिने RCC युक्त पक्की घर कम्तिमा ९०० SQFT. हुनु पर्नेछ ।

२. बढिमा दोश्रो तल्लामा भान्सा सहित कम्तीमा पनि ३ वटा कोठाका साथै ट्वाइलेट बाथरुमको समेत व्यवस्था हुनु पर्नेछ । ३. सवारी साधन कार्यालयसम्म आवतजावत गर्न मिल्ने पक्की सडकसँग जोडिएको ।

४. विद्युत, पानी तथा फोहोरमैला व्यवस्थापनको उचित प्रबन्ध भएको हुनु पर्नेछ ।

घरधनीले भाडामा दिने घरको प्रस्तावसाथ पेश गर्नुपर्ने कागजातहरु

१. घरधनीको नागरिकताको प्रतिलिपी,

२. घर रहेको जग्गाको जग्गाधनी प्रमाणपत्र,

३. चालु आर्थिक वर्षसम्मको तिरो तिरेको रसिदको प्रतिलिपी,

४. मासिक घरभाडा प्रस्ताव रकम ( बहाल कर सहित) अङ्क र अक्षरमा प्रस्टसँग उल्लेख गर्नु पर्नेछ ।

५. घरधनी संस्था भएको हकमा संस्थाको दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, PAN / VAT दर्ता प्रमाणपत्र र संस्थाको घर भाडामा दिने सम्बन्धी भएको निर्णयको प्रमाणित प्रतिलिपी समेत पेश गर्नु पर्नेछ ।

• अन्य विषय प्रचलित कानून बमोजिम हुनेछ ।

• अन्य जानकारीको लागि मुख्य न्यायाधिवक्ताको कार्यालय, मधेश प्रदेश, जनकपुरधाम, धनुषाको सम्पर्क नम्बर ०४१-५९०१२२ मा सम्पर्क गर्नु हुन अनुरोध छ ।


Search, Apply & Get Job: FREE