Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Auction
Type : Auction
Published Date : Jun 23, 2025
Deadline : July 14, 2025, noon
Type : Auction

पुराना मालसामान लिलाम बिक्री सम्बन्धी सूचना – नेपाल नागरिक उड्डयन प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरण 
प्रधान कार्यालय बबरमहल, काठमाण्डौ

पुराना मालसामान लिलाम बिक्री गर्ने सम्बन्धी सूचना

( प्रकाशित मिति: २०८२ / ०३ / ०९ /

यस कार्यालयमा रहेका पुराना काठ, तथा स्टिलका फर्निचर र मोटर गाडी, ल्यापटप एव डेस्कटप कम्प्युटर तथा अन्य विविध प्रकारका सामानहरु हाल जे जस्तो अवस्थामा रहेका छन सोहि अवस्थामा न्यूनतम कबोल अंकबाट लिलाम बढाबढ गरी बिक्री गर्नु पर्ने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिले २१ औं दिनको अपरान्ह ४:३० देखि ५:३० बजेसम्म र उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सोको लगत्तै कार्यालय खुलेको दिन सोहि समयमा लिलाम बढाबढ गरिने भएकोले यो सूचना प्रकाशन गरिएको छ । बोल कबोल गरेको अन्तिम अंक कबोल गरेको सोहि दिन बोल कबोल अंकको ५ प्रतिशतले हुन आउने रकम नगद धरौटी राख्नुपर्ने छ । बोल कबोल गरेको १५ दिन भित्र बाँकी रकम चुक्ता गरी सामान उठाई लैजानु पर्नेछ । तोकिएको म्याद भित्र सामान उठाई नलगेमा धरौटी रकम जफत गरिने छ । लिलाम स्वीकृत गर्ने नगर्ने वा आंशिक रुपमा गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ । यस सम्बन्धी थप जानकारी लिनु परेमा वा लिलाम गरिने सामानको अवस्था बुझ्न परेमा कार्यालय समयभित्र यस प्राधिकरणको भण्डार शाखामा सम्पर्क राख्नुपर्ने छ । 

लिलाम बढाबढ हुने मिति, समय र स्थान

मिति : यो सूचना प्रकाशित भएको मितिले २१ औं दिन २०८२।०३।२९ गते
समय : अपरान्ह ४:३० बजेदेखि ५:३० बजेसम्म
स्थान : नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालय बबरमहल काठमाण्डौ ।

सामानको न्यूनतम बोलकबोल अंक भ्याट सहितको रु. ३,२०,६८३.९० (अक्षेरुपी तिन लाख बिस हजार छ सय त्रियासी रुपैया दशमलव नौ शुन्य मात्र) रहेको छ ।


Search, Apply & Get Job: FREE