स्थानीय सरकार
रामग्राम नगरपालिका नगर कार्यपालिकाको कार्यालय
परासी, नवलपरासी (ब. सु. प.)
नदीजन्य पदार्थ (भस्कट) लिलाम बिक्री सम्बन्धी १५ दिने सूचना |
सूचना प्रकाशित मिति: २०८२ / ०३ / ०८
यस रामग्राम नगरपालिकाको तपसिलको स्थानमा घाटगद्दी गरी राखिएको नदीजन्य पदार्थ ( भस्कट) जे जस्तो अवस्थामा छ, सोही अवस्थामा लिलाम बिक्री गर्ने यस नगर कार्यपालिकाको मिति २०८२/०२/०६ गतेको निर्णय बमोजिम लिलाम बढाबढ गर्ने प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ ।

लिलाम बढाबढको सिलवन्दी दरभाउपत्रको फारम यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र कार्यालय समय भित्र कार्यालयको राजश्व शाखामा रु. १,०००/- (फिर्ता नहुने गरी) तिरी खरिद गर्न सकिनेछ । यसका लागि आ. व. २०८१/ ०८२ को नविकरण भएको फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी, मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र, आ. व. २०८० / ०८१ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी संलग्न गरी निवेदन दिनुपर्नेछ। बाकी विवरणको लागि रामग्राम नगरपालिकाको वेभसाइटमा राखिएको सूचना हेर्नुहोला ।
प्रमुख प्रशासकीय अधिकृत