मेचीनगर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
इटाभट्टा, झापा
कोशी प्रदेश, नेपाल
विषयः दरभाउ पेश गर्ने सम्बन्धी सूचना ।
प्रथम पटक प्रकाशित मितिः २०८२|०२|२८
दोस्रो पटक प्रकाशित मितिः २०८२|०३|०५
प्रस्तुत विषयमा मेचीनगर नगरपालिकामा विश्व बैंकको अनुदान सहयोगमा महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत संचालन हुने लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना कार्यक्रमका लागि तपसिलमा उल्लेखित | मालसामान तथा सेवा आवश्यक भएकोले मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा सूचीकृत तथा कारोबार गर्न योग्यता भएका फर्महरुले उक्त सेवाहरु प्रदान गर्ने कार्यका लागि दोस्रो पटक सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र दरभाउ उपलब्ध गराई दिनहुन अनुरोध छ ।
तपसिल

• दरभाउ पत्र तथा अन्य कागजात मेचीनगर नगरपालिका, महिला तथा बालबालिका शाखाबाट प्राप्त गर्न सकिनेछ ।
संलग्न गर्नुपर्ने कागजातहरु:
१. फर्म / व्यवसाय / कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी
२. मु.अ.कर दर्ता प्रमाणपत्रको प्रतिलिपी
३. आ.व. २०८०/८१ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपी
४. आ.व. २०८१/८२ मा मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा सूचीकृत प्रमाणपत्रको प्रतिलिपी ।
अनन्त प्रकाश वस्ती
प्रमुख, खरिद इकाई