बूढानीलकण्ठ स्कुल, बूढानीलकण्ठ, काठमाडौं
बोलपत्र आह्वान सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८२ / ०३/०६)
बूढानीलकण्ठ स्कुललाई आ.व. २०८२ / ०८३ मा आवश्यक पर्ने निम्नानुसारका सामग्री आपूर्ति गर्न तथा स्कुल परिसरभित्र स्टल राखी बिक्री वितरण गर्न मूल्य अभिवृद्धि करमा दर्ता भएका सम्बन्धित क्षेत्रमा अनुभव प्राप्त व्यापारिक फर्महरूबाट देहाय बमोजिमका शर्तहरूको अधीनमा रही विद्युतीय बोलपत्र (e-GP) प्रणालीबाट रीतपूर्वकको बोलपत्र upload गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
१. बोलपत्र फाराम www.bolpatra.gov.np/egp बाट download गरी प्राप्त गर्न सकिने छ । बोलपत्र upload गर्दा बोलपत्र जमानत बापतको रकम स्कुलको राष्ट्रिय वाणिज्य बैंक, बूढानीलकण्ठ शाखाको ब.हि.नं १६६०१००००४५०००१० मा जम्मा गरेको सक्कल भौचर वा यस स्कुलको नाममा जारी गरिएको उक्त रकम बराबरको 'क' वर्गको बैंक जमानत पत्र र बोलपत्र फाराम साथ फाराम शुल्क (फिर्ता नहुने) बापत जम्मा गरिएको रसिद वा बैंक भौचर upload गर्नुपर्नेछ । सूचना प्रकाशित भएको मितिदेखि ३१औं दिन (२०८२/०४/०४) को १२ बजेभित्र बोलपत्र upload गरिसकेको हुनुपर्नेछ र सोही दिनको १:०० बजे प्रस्ताव दाताहरू वा निजको प्रतिनिधिहरूको रोहबरमा स्कुल प्रशासन शाखामा खोलिनेछ । तर निजहरूको अनुपस्थितिमा पनि बोलपत्र खोल्न बाधा पर्नेछैन ।
२. बोलपत्रको सङ्केत नम्बर अनुसार आ.व. २०८०/८१ सम्मको कर चुक्ता प्रमाणपत्र, चालू आर्थिक वर्षमा नवीकरण भएको फर्म रजिस्ट्रेसन प्रमाण पत्र र मू.अ. कर दर्ता प्रमाण पत्रको प्रतिलिपिहरू संलग्न राखी प्रत्येक कामका लागि छुट्टाछुट्टै upload गर्नुपर्नेछ ।
३. रीतपूर्वक नभरिएको, फर्मको छाप र सहीछाप नभएको बोलपत्र उपर कुनै कारबाही हुनेछैन । अङ्क र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ ।
४. बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बूढानीलकण्ठ स्कुलमा सुरक्षित रहनेछ ।
तपसिल

बोलपत्र नं ५,६,७ र ८ का सामग्रीको हकमा प्रत्येकका लागि वार्षिक रु.३६,०००/- (छत्तीस हजार) भाडा तिरी स्कुलले | उपलब्ध गराएको बिक्री कक्षबाट सामग्री आपूर्ति गर्ने वा माग भएका बखत आपूर्ति सुनिश्चितता गराउनुपर्नेछ ।
पुनश्च :
१. बोलपत्रमा उल्लिखित सामग्रीको नमुना मिति २०८२ / ०३ / २० देखि २०८२ / ०३ / २७ सम्म कार्यालय समयमा स्कुलमा आफैँ उपस्थित भई हेर्न सकिनेछ ।
२. मिति २०८२ /०३ /२० गते दिनको १:०० बजे स्कुलमा Pre-bid meeting राखिएको छ । उक्त बैठकमा उपस्थित भई सेवा तथा सामग्री आपूर्ति प्रक्रिया, नमुना र गुणस्तर सम्बन्धी जानकारी लिन सकिनेछ ।