Newspaper Tender

Source: Nepal Samacharpatra

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : Jun 17, 2025
Deadline : July 17, 2025, noon
Type : Bolpatra

औषधि खरिद सम्बन्धी शिलबन्दी बोलपत्रको दोस्रो सूचना

मलंगवा नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
मलंगवा, सर्लाही,
मधेश प्रदेश नेपाल

औषधिहरु खरीद सम्बन्धी बोलपत्रको सुचना

दोस्रो पटक सूचना प्रकासित मिति २०८२/०३/०३

आ.व. २०८१/०८१२ को बार्षिक कार्यक्रम अनुसार यस नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुको लागी आवश्यक पर्ने ९८ प्रकारको औषधिहरु | सिलवन्दी बोलपत्रको माध्यमद्वारा खरित्र गर्नको लागी यो बोलपत्र आव्हान गरिएको छ ।

शर्तहरु :

१. प्रथम पटक सूचना प्रकासित भएको मिति ३० औ दिनको कार्यालय समय भित्र रु. ३,०००/- (अक्षरेपी लिन हजार रुपैया मात्र ) फिर्ता नहुने गरी नगद बुझाएको सक्कल नगदी रसिव निवेदन साथ सलंगन राखी कार्यालय समय भित्र बोलपत्र खरिद गर्न सकिनेछ । बोलपत्र खरिद गर्नको लागी निवेदकले आ.व. ०८१/०८२ का लागी नविकरण गरिएको सम्बन्धित विषयको कारोबार गर्ने गरी इजाजत प्राप्त कम्पनी दर्ता प्रमाणपत्र वा कर्म दर्ता प्रमाणपत्र, वा फर्म दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाण पत्र तथा स्थायी लेखा दर्ता प्रमाण पत्र को प्रमाणित प्रतिलिपि र आ.व. २०८०/०८०१ को कर चुक्ता गरेको प्रमाण को साथ आवश्यक कागजातका प्रतिलिपिहरु संलग्न राखी बोल पत्र फारम खरिद गर्न निवेदनसाथ पेश गर्नुपर्नेछ ।

२. प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३० औ दिन कार्यालय समय भित्र बोलपत्र खरिद गरी ३१ औ दिनको १२:०० बजे भित्र खरिद गरेको बोलपत्र रीतपूर्वक भरी यस नगरपालिकाको कार्यालय मलंगवा, सर्लाहीमा शिलबन्दी गरी दर्ता गराई सक्नुपर्नेछ । दर्ता भएको बोलपत्रहरु ३१ औं दिन दिनको २:०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधिहरुको रोहबरमा यस कार्यालयमा खोलिनेछ । बोलपत्र खरिद गर्ने र दाखिला गर्ने र अन्तिम दिन विदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिने छ ।

३. शिलबन्दी बोलपत्र दर्ता गर्दा जमानत बापतको रकम रु. ७३,०८०/- (अक्षेरेपी रु. त्रिहत्तर हजार असि रुपियाँ मात्र) मलंगवा नगरपालिकाको नाममा रहेको नेपाल बैंक लिमिटेड मलंगवामा रहेको धरौटी खाता नं. ०२९०३०००००३००००००००२ दाखिता गरेको सक्कलै बैंक भैचर कम्तीमा बोलपत्रको सूचनाको अन्तिम दिनबाट १२० दिन म्याद भएको मान्यता प्राप्त बैंक ग्यारेन्टी बोलपत्र साथ पेश गर्नुपर्ने । बोलपत्रदाताको बोलपत्र स्वीकृत भएपछी स्वीकृत अंकको ५% बराबरको रकम समझौता गर्नु अगावे धरौटी खातामा जम्मा गर्नुपर्ने वा यस कार्यालयको नाममा जारी भएको परफरमेन्स बण्ड पेश गर्नु पर्नेछ र नगद धरौटी राखिएकोमा परफरमेन्स बण्डमा परिवर्तन गर्न पाइने छैन ।

४. बोलपत्र दाताले कबोल गरेको प्रत्येक आईटमको दररेटलाई अंक र अक्षरमा उल्लेखित दररेटमा भिन्नता भएमा अक्षरमा लेखिएको दररेटलाई मान्यता दिईनेछ । बोलपत्रमा केरमेट भएको ठाउमा सहीछाप गरेको हुनु पर्ने छ ।

५. नगरपालिकाको हितमा ध्यानमा राखी प्राप्त हुन आएका बोलपत्र पूर्ण वा आशिक स्वीकार वा रद्द गर्ने जस्ता सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ। साथै बोलपत्रमा उल्लेख भएका औषधिहरुको परिमाण थपघट हुन सक्नेछ । यसरी थपघट भएता पनि बोलपत्रदाताले कबोल गरेकै दररेटमा उपलब्ध गराउनुपर्नेछ ।

६. स्वीकृत बोलपत्र अनुसारको औषधि तथा सर्जिकल सामानहरु एकमुष्ठ या आवश्यक अनुसार फरक फरक अर्डर दिई खरिद गरिने छ । साथै सप्लाई गरिने WHO GMP Certify Company बाट उत्पादन भएको उच्च गुणस्तर भएको हुनुपर्षछ ।

७. रीत नपुगेको बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।

८. कायर्यालयमा आपूर्ति औषधिहरुको ढुवानी बोलपत्रदाता स्वयले व्यहोर्नु पर्ने छ ।

९. बोलपत्र फारममा प्रत्येक सामानको आइटमबाईज दररेट अनिवार्य रुपले भर्नुपर्ने छ ।

१०. सप्लाई गरिने औषधिको कम्तीमा १८ महिना वा ७५ प्रतिशत म्याद बाँकी भएको हुनुपर्ने छ साथै यो औषधि निःशुल्कहो भनि छाप लगाएको हुनु पर्नेछ ।

११. सार्वजनिक खरिद नियमावली २०६४ को नियम ४० (ङ) अनुसार बोलपत्रदाताले कानूनी रुपमा अयोग्य छैन भनी लिखित रुपमा गरेको घोषणापत्र बोलपत्रसाथ पेश गर्नुपर्ने छ ।

१२. उपरोक्त शर्त बाहेक यसमा नपरेका शर्तहरुमा सार्वजनिक खरिव ऐन २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ तथा अन्य प्रचलित ऐन नियम बमोजिम हुनेछ । बोलपत्र सम्बन्धि अन्य वेही कुरा बुझनु परेमा कार्यालय समय भित्र बुझन सकिनेछ ।

१३. खरिद गरीने सामानहरुको लागत अनुमान रु.२४,३६,०००/- (अक्षेरेपी चौविस लाख छतिस हजार मात्र रहेको छ ।

१४. सप्लाई हुने औषधिको प्रत्येक प्याकिंगको बाहिर उत्पादन मिति, एक्स्पायरी मिति, व्याच नम्बर स्पष्ट रुपमा र नेपान सरकारद्वारा निःशुल्क बितरणको लागि भन्ने वाक्याश उल्लेख भएको हुनुपर्ने छ। साथै सप्लाई हुने औषधिहरुको बिल साथ व्याच नम्बर पेश गर्नु ।

१५. बोतलहरुमा सप्लाई गरिने आईटमहरु सबै प्लाष्टिक बोतलमा हुनुपर्नेछ ।

१६. भुक्तानीको किसीम: नेपाल सरकार बाट प्राप्त निकासा अनुसार हुने छ ।

प्रमुख प्रशासकिय अधिकृत


Search, Apply & Get Job: FREE