सेनिटरी प्याड खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्रको दोस्रो सूचना

मलंगवा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
मलंगवा, सर्लाही, मधेश प्रदेश नेपाल

सेनिटरी प्याड खरीद सम्बन्धी दरभाउपत्रको सूचना

दोस्रो पटक सूचना प्रकाशित मिति २०८२/०३/०३

आ.व. २०८१।०८२ को वार्षिक कार्यक्रम अनुसार यस नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अध्यनरत किशोरी अवस्थाका छात्राहरुलाई महिनावारीका समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापनका लागि सेनिटरी प्याड वितरणका लागी आवश्यक पर्ने सेनिटरी प्याड सिलवन्दी दरभाउपत्रको माध्यमद्धारा खरिद गर्नको लागी यो दरभाउपत्र आव्हान गरिएको छ ।

शर्तहरु :

१. प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३० औं दिनको कार्यालय समयभित्र रु. १,००० अक्षरेपी एक हजार रुपैयाँ मात्र) फिर्ता नहुने गरी नगद बुझाएको सक्कल नगदी रसिद निवेदन साथ संलग्न राखी कार्यालय समय भित्र दरभाउ पत्र खरिद गर्न सकिनेछ । दरभाउपत्र खरिद गर्नको लागी निवेदकले आ.व. २०८१|०८२ का लागि नविकरण गरिएको सम्बन्धित विषयको कारोवार गर्ने गरी इजाजत प्राप्त कम्पनी दर्ता प्रमाणपत्र वा फर्म दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाण पत्र तथा भ्याट दर्ता प्रमाण पत्र को प्रमाणित प्रतिलिपि र आ.व. २०८०।०८१ को कर चुक्ता गरेको प्रमाणको साथै आवश्यक कागजातका प्रतिलिपिहरु संलग्न राखी दरभाउपत्र फारम खरिद गर्न निवेदनसाथ पेश गर्नुपर्नेछ ।

२. प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३० औं दिनको कार्यालय समय भित्र बोलपत्र खरिद गरी ३१ औं दिनको १२:०० बजे भित्र खरिद गरेको दरभाउपत्र रीतपूर्वक भरी यस नगरपालिकाको कार्यालय मलंगवा, सर्लाहीमा शिलबन्दी गरी दर्ता गराई सक्नुपर्नेछ । दर्ता भएको दरभाउपत्रहरु ३१ औं दिनको २:०० बजे दरपत्रदाता वा निजको प्रतिनिधिहरुको रोहवरमा यस कार्यालयमा खोलिनेछ । दरभाउपत्र खरिद गर्ने र दाखिला गर्ने अन्तिम दिन बिदा पर्ने गएको सोको भोलिपल्ट कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिने छ ।

३. शिलबन्दी दरभाउपत्र दर्ता गर्दा जमानत वापतको रकम रु. ७२,२५०/- (अक्षेरेपी रु बहत्तर हजार दुई सय पचास मात्र) मलंगवा नगरपालिकाको नाममा रहेको नेपाल बैंक लिमिटेड मलंगवामा रहेको धरौती खाता नं. ०२९०३०००००३००००००००२ दाखिला गरेको सक्कलै बैंक भौचर कम्तीमा दरभाउपत्रको सूचनाको अन्तिम दिनबाट १२० दिन म्याद भएको मान्यता प्राप्त बैंक ग्यारेन्टी पत्र साथ पेश गर्नुपर्ने । दरभाउपत्रदाताको दरभाउपत्र स्वीकृत भएपछि स्वीकृत अंकको ५% बराबरको रकम समझौता गर्नु अगावै धरौटी खातामा जम्मा गर्नुपर्ने वा यस कार्यालयको नाममा जारी भएको परफरमेन्स बण्ड पेश गर्नु पर्नेछ र नगद धरौटी राखिएकोमा परफमेन्स बण्डमा परिवर्तन गर्न पाइने छैन ।

४. दरभाउपत्र दाताले कवोल गरेको प्रत्येक आईटमको दररेटलाई अंक र अक्षरमा उल्लेखित दररेटमा भिन्नता भएमा अक्षरमा लेखिएको दररेटलाई मान्यता दिईनेछ । दरभाउपत्रमा केरमेट भएको ठाउँमा सहीछाप गरेको हुनु पर्नेछ ।

५. नगरपालिकाको हितमा ध्यानमा राखी प्राप्त हुन आएका दरभाउपत्र पूर्ण वा आंशिक स्वीकार वा रद्द गर्ने जस्ता सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ । साथै दरभाउ पत्रमा उल्लेख भएका सेनिटरी प्याडहरुको परिमाण थपघट हुन सक्नेछ । यसरी थपघट भएता पनि दरभाउपत्र दाताले कबोल गरेकै दररेटमा उपलब्ध गराउनु पर्नेछ ।

६. स्वीकृत दरभाउपत्र अनुसारको सेनिटरी प्याडहरु एकमुष्ठ वा आवश्यक अनुसार फरक फरक अर्डर दिई खरिद गरिनेछ । साथै सप्लाइ गरिने PAD उच्च गुणस्तर भएको हुनुपर्दछ ।

७. रीत नपुगेको दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।

८. कार्यालयमा आपूर्ति सेनिटरी प्याडहरुको ढुवानी दरभाउपत्रदाता स्वयंले व्यहोर्नु पर्नेछ ।

९. दरभाउपत्र फारममा प्रत्येक सामानको आइटम वाईज दररेट अनिवार्य रुपले भर्नुपर्ने छ ।

१०. सप्लाई गरिने प्याडमा निःशुल्कको छाप लगाएको हुनुपर्नेछ ।

११. सार्वजनिक खरिद नियमावली २०६४ को नियम ४०(ङ) अनुसार दरभाउपत्रदाताले कानुनी रुपमा अयोग्य छैन भनी लिखित रुपमा गरेको घोषणापत्र दरभाउपत्र साथ पेश गर्नुपर्नेछ ।

१२. उपरोक्त सर्व वाहेक यसमा नपरेका सर्तहरुमा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ तथा अन्य प्रचलित ऐन नियम वमोजिम हुनेछ । दरभाउपत्र सम्बन्धि अन्य केही कुरा बुझनु परेमा कार्यालय समयभित्र बुझन सकिनेछ । 

१३. खरिद गरिने सामानहरुको लागत अनुमान रु. २४,२७,०००/- (अक्षेरेपी चौविस लाख सताइस हजार मात्र) रहेको छ । 

१४. सप्लाई हुने सेनिटरी प्याड प्रत्येक प्याकिको बाहिर उत्पादन मिति, ब्याच नम्बर स्पष्ट रुपमा र नेपाल सरकारद्धारा निःशुल्क वितरणको लागि” भन्ने वाक्यांश उल्लेख भएको हुनुपर्ने छ । साथै सप्लाई हुने सेनिटरी प्याडे विल साथ ब्याच नम्बर पेशगर्नु पर्नेछ

१५. सेनेटरी प्याडको न्युनतम मापदण्ड सेनेटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ (संसोधन सहित) अनुसूची-१ अनुसार हुनुपर्नेछ ।

१६. सप्लाई गरिने आईटमहरु सबै प्लाष्टिक प्याकमा हुनुपर्नेछ ।

प्रमुख प्रशासकिय अधिकृत


Search, Apply & Get Job: FREE