Newspaper Tender

Source: Aarthik Dainik

Tender Category : Services Procurement
Type : Bolpatra
Published Date : Jun 16, 2025
Deadline : June 23, 2025, noon
Type : Bolpatra

दुहवी नगरपालिका आन्तरिक आय संकलन ठेक्का शिलबन्दी बोलपत्र आह्वान सूचना

स्थानीय सरकार
दुहवी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय 
दुहवी, सुनसरी
कोशी प्रदेश, नेपाल

शिलबन्दी बोलपत्र आह्वानको सूचना !!!!

प्रथम पटक प्रकाशित सुचना मिति २०८२/०३/०२

यस दुहबी नगरपालिका अन्तर्गत तपसिल बमोजिमका आ.व.२०८२ / ८३ को लागि मिति २०८३ अषाढ मसान्त सम्म को लागि शिलवन्दी बोलपत्र द्धारा आन्तरीक आय संकलनको ठेक्का बन्दोबस्त गर्नु पर्ने भएको हुदा इच्छुक व्यक्ती, संस्थाहरूले तपसिलका शर्तहरूका अधिनमा रही दुहबी नगरपालिका कार्यालयमा तोकिएको समय भित्र छुट्टा छुट्टै गोप्य शिलवन्दी वोलपत्र दाखिला गर्नु हुन दोस्रो पटक यो सुचना प्रकाशित गरीएको छ ।

शर्तहरु

१. शिलवन्दी वोलपत्र साथ आफूले कवोल गरेको ठेक्का अंकको नेपाली नागरिक भए ५% र गैर नेपाली नागरिक भए १०% धरौटी बापत रकम दुहवी नगरपालिकाको कार्यालयको एन.आई. एसिया बैंक दुहवी शाखामा रहेको धरौटी खाता नं. १०८२०५८४९९३७८००५) मा जम्मा गरेको सक्कलै बैंक भौचर वा बैंक जमानतको हकमा नेपाल राष्ट्र बैंक बाट मान्यता प्राप्त क वर्गको बैंक बाट जारी गरेको कम्तीमा ९० दिन म्याद रहेको बैंक ग्यारेन्टी पेश गर्नु पर्ने छ ।

२. शिलबन्दी बोलपत्र साथ वोलपत्रवालाले व्याक्तिको हकमा नेपाली नागरीकताको प्रतिलिपि र स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपि संलग्न गर्नु पर्नेछ ।सस्थाको हकमा संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि आ.व.२०८०/८१को करचुक्ता प्रमाण पत्र पेश गर्नु पर्नेछ ।

३. शिलबन्दी बोलपत्र फारम दस्तुर रु १००० (फिर्ता नहुने गरी बोलपत्र फारम दुहवी न.पा. नगर कार्यपालिकाको कर शाखाबाट कार्यालय समय भित्र खरिद गर्न सकिनेछ ।

४. शिलबन्दी बोलपत्र खरिद गर्ने अन्तिम मिति तेस्रो पटक सुचना जारी भएको ७ (सात) दिन सम्म (२०८२/०३/०८ गते) र दर्ता मिति २०८२/०३/०९ गते १२:०० बजे दुहबी न.पा., नगर कार्यपालिकाको कार्यालयमा दर्ता गर्नु पर्ने छ र शिलबन्दी बोलपत्र सोहि दिन दिनको ०३:०० बजे यस न.पा. कार्यालयमा खोलिने छ ।

५. म्याद नाघी आएको वा रीत नपुगेको फाराम उपर कुनै कारवाहि हुने छैन ।

६. शिलबन्दी बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सर्वाधिकार नगरपालिकामा सुरक्षित रहनेछ ।

७. स्विकृत ठेक्का रकम दाखिला गर्दा सम्झौताको वखत नै ५०% रकम अनिवार्य दाखिला गर्नुपर्ने छ र बाँकी ५०% रकम लाई दुई किस्ता गरी आगामी किस्ताको अवधि शुरू हुनु भन्दा एक महिना अगावै बाँकी किस्ताको रकम दाखिला गर्नु पर्ने छ । साथै फर्मको नाममा स्विकृत गरिएका ठेक्काहरूको हकमा ५०% रकम बराबरको बैंक ग्यारेण्टि समेत अनिवार्य लिई मात्र सम्झौता गरिने छ र स्विकृत ठेक्काको रकम एकमुष्ठ बुझाएमा १०% छूट दिईने छ |

८. दर्ता भएको शिलबन्दी बोलपत्रहरू तोकिएको मिति र समयमा बोलप्रत्रवाला वा निजको प्रतिनिधि को रोहवरमा दुहवी न.पा., नगर कार्यपालिकाको कार्यालयमा नियमानुसार खोलिनेछ

९. नगरपालिकाले तोकि दिएको दर रेटमा फरक नपर्ने गरी ठेक्का संचालन गर्नुपर्ने छ ।

१०. अन्य जानकारीको लागि दुहबी नगरलिकाको कार्यालयको राजश्व तथा कर शाखामा कार्यालय समय भित्र टेलिफोन नम्बर ०२५- ५४०३४८ मा सम्पर्क राख्न सकिने छ।

११. बोलपत्र दर्ता गर्ने अन्तिम मिति तथा शिलबन्दि बोलपत्र खोलीने मितिमा सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलि पल्ट दर्ता हुने तथा खोलिने छ ।

१२. वोलपत्र दाता वा फर्मले ठेक्का सम्झौता गर्न आउदा फर्म / संस्था प्रोपाईटरको नाममा गत विगत बर्षको नगरपालिकालाई बुझाउन बाँकी वक्यौता भएमा सो समेत दाखिला गर्नु पर्ने छ । अन्यथा न.पा उक्त फर्म / संस्था सँग नयाँ सम्झौता गर्न बाध्य हुने छैन

१३. प्रचलित कानिन विपरित हुने कुनै काम गरेमा वा तोकिएको समयमा ठेक्का रकम नपालाई नबुझाएमा जुनसुकै वखत पनि ठेक्का सम्झौता भंग गरी अन्य वैकल्पिक व्यवस्था गरिने छ । यसरी ठेक्का सम्झौता भंग गरी अन्य व्यवस्था गर्दा पर्ने थप व्ययभार वा क्षती ठेकेदार स्वयमले व्यहोर्नु पर्ने छ ।

१४. यस सुचनामा उल्लेख भएका कुराहरूयसै बमोजिम हुने र उल्लेख नभएका कुराको हकमा प्रचलित कानुन बमोजिम हुनेछ ।


Search, Apply & Get Job: FREE