त्रि.वि, चिकित्सा शास्त्र अध्ययन संस्थान
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
महाराजगञ्ज, काठमाण्डौं ।
लिलाम बिक्री सम्वन्धि शिलबन्दी बोलपत्र आव्हानको सूचना
सूचना प्रकाशित मितिः २०८२।०३।०२
यस सेन्टरको भौतिक सम्परिक्षणबाट लिलाम बिक्रीका लागि निर्धारण गरिएको चिकित्सकीय उपकरण, मेसिनरी औजार, विद्युतिय सीमानहरु, फर्निचर फर्निसिङ एवं विविध सामानहरु लिलाम बिक्रि गर्नुपर्ने भएकोले यो सूचना गोरखापत्रमा प्रकाशित मितिले एक्काईस दिनभित्र सामान खरिद गर्न इच्छुक व्यक्ति तथा इजाजत प्राप्त फर्मले यो सूचना गोरखापत्रमा प्रकाशित भएको मितिले २१ एक्काईस) औ दिनको ५:०० बजे भित्र यस सेन्टरको क्यास काउन्टरमा बोलपत्र फागम दस्तुर नगद रु. १,००० तिरी निवेदनसंगै फर्म दर्ता प्रमाणपत्र, भ्याट दर्ता प्रमाणपत्र तथा आ.ब. २०८०|०८१ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपिहरु पेश गरी सामान्य प्रशासन शाखाबाट बोलपत्र फारम लिई नियमानुसार भरी बुझाउनु हुन आव्हान गरिन्छ। साथै बोलपत्र दतां गर्दा आफुले कबोल गरेको रकमको १० प्रतिशतले हुन आउने रकम यस सेन्टरको महाराजगञ्जस्थित हिमालयन बैंक लि. को च.हि.नं ००२०२५३५८८००१७ मा रकम जम्मा गरेको सक्कलै बैंक भौचर वा यस सेन्टरको नाममा तीन महिना म्याद भएको बैंक ग्यारेन्टी पत्र अनिवार्य रूपमा संलग्न गरि मिति २०८२/०३/२३ गते १२ बजे सम्म पेश गर्नुपर्नेछ । दर्ता भएका बोलपत्रहरु सोही दिनको २ बजे खोलिनेछ । बोलपत्र सम्बन्धी थप जानकारीको लागि यस सेन्टरको सामान्य प्रशासन शाखामा सम्पर्क राख्न जानकारी गराईन्छ ।