सिलबन्दी दरभाउपत्र आव्हान सूचना – गुदरी बजारस्थित नवनिर्मित सटर बहाल बन्दोबस्त सम्बन्धी

परवानीपुर गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय 
लिपनीमाल. बारा
मधेस प्रदेश, नेपाल

गुदरी बजारको नवनिर्मित सटर भाडामा दिने सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८२/०२ / २७ गते मङ्गलबार)

यस परवानीपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय लिपनीमाल बाराको स्वामित्वमा रहेको वडा न. ३ गुदरी बजारमा नवनिर्मित देहाय बमोजिमका सटरहरू हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा बहाल बन्दोबस्त गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ । उक्त सटरहरू बहालमा लिन इच्छुक नेपाल सरकारबाट इजाजत प्राप्त व्यक्ति/फर्म/कम्पनी/वित्तीय संस्था / सहकारीहरूले तपसिल बमोजिम तोकिएका शर्त नियम तथा प्रावधानहरूको परिधिभित्र रही रीतपूर्वकको सिलबन्दी दरभाउपत्र पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

१) यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र इच्छुक व्यक्ति, फर्म, कम्पनीले फर्म दर्ता प्रमाणपत्र, फर्म नवीकरणका प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, व्यवसाय दर्ता प्रमाणपत्र र सोको नवीकरणको प्रतिलिपिसहितको निवेदन साथ बोलपत्र फाराम दस्तुर रु. ५००/- (पाँच सय मात्र) फिर्ता नहुने गरी रकम बुझाई दरभाउपत्र फाराम यस कार्यालयबाट खरिद गर्न सकिनेछ ।

२) दरभाउपत्र फाराममा आफूले भाडामा लिन चाहेको सटर नम्बरमा आफूले कबोल गर्ने दररेट अंक र अक्षरमा स्पष्ट भरि प्रथम पटक सूचना प्रकाशित भएको मितिले १६ औँ दिन दिनको १२:०० बजेभित्र सिलबन्दी खाममा राखी समितिमा दर्ता गरिसक्नुपर्ने छ। रीतपूर्वक भरि समयभित्र दर्ता भएका दरभाउपत्रहरू सोही दिनको २:०० बजे प्रतिनिधिहरूको रोहवरमा यस कार्यालयमा खोलिनेछ । दरभाउपत्र खरिद दर्ता र खोल्ने दिनमा सार्वजनिक बिदा पर्न गएमा सो कार्य त्यसको भोलिपल्ट कार्यालय खुलेको दिन हुनेछ ।

३) नेपाल सरकार तथा यस पालिकाको कुनै पनि दस्तुर कर र भाडा हालसम्म तिर्न बाँकी रहेका निवेदकको हकमा निजको निवेदनउपर कुनै कारवाही हुनेछैन। 

४) सिलबन्दी दरभाउपत्रदाताले रु ५०००/- वरौटी वापत यस गाउँपालिकाको नबिल बैक लिमिटेड शाखा कार्यालय परवानीपुरको धरौटी खाता नम्बर २१९०१०१७५०००२६ मा जम्मा गरेको सक्कल भौचर दरभाउपत्र साथ संलग्न राखी पेस गर्नुपर्नेछ । दरभाउपत्र स्वीकृत भई सम्झौता गर्न नआएमा निजले राखेको धरौटी जफत हुनेछ ।

५) तोकिएको समयभित्र दर्ता गरिएका दरभाउपत्रहरूको मूल्यांकन यस परवानीपुर गाउँपालिकाको घर जग्गा, भवन, कोठा, टहरा बहालमा लगाउने सम्बन्धी कार्यविधि, २०७९ को दफा ३ को उपदफा ३ अनुसारको मानकको आधारमा प्राथमिकीकरण गरिनेछ ।

६) दरभाउपत्र स्वीकृत भएपछि सम्झौता गर्न आउने व्यक्ति, फर्म तथा कम्पनीहरूले सम्झौतामा सहीछाप गर्नुपूर्व आफूले कबोल गरेको अंकको ६ महिना बराबरको हुनआउने रकम अग्रीम भाडा यस गाउँपालिकाको नबिल बैंक लिमिटेड शाखा कार्यालय परवानीपुरको धरौटी खाता नम्बर २१९०१०१७५०००२६ मा दाखिला गरी सक्कल भौचर पेश गर्नुपर्नेछ ।

७) सम्झौता भएको मितिदेखि प्रत्येक दुई/दुई वर्षमा समय र परिस्थिति हेरी कार्यालयको निर्णयअनुसार भाडा दर समायोजन तथा पुनरावलोकन गरी सम्झौता नवीकरण गरिनेछ ।

८) रीतपूर्वक पर्न आएको सबैभन्दा बढी रकम कबोल गर्ने दरभाउपत्रदाताले मासिक कबोल अंक स्वीकार गरिनेछ ।

९) खानेपानी तथा विद्युत् महसुल सम्बन्धित बहालवालाले नै तिर्नु पर्नेछ ।

१०) बिजुलीको महसुल रकम मिटरबाट देखाए बमोजिम प्रत्येक महिना मिटर जाँच भएको सात दिन भित्र दोस्रो पक्षले आफैले तिर्नु पर्नेछ ।

११) बन्द, हडताल लगायत जस्ता कुनै पनि कारणबाट बहालवालालाई क्षति पुग्न गएमा बहालवाला स्वयमले जिम्मेवार हुनुपर्ने र त्यस वापत यस कार्यालयबाट कुनै क्षतिपूर्ति तथा मिनाहा दिइने छैन ।

१२) दरखास्त दिँदा एउटै दरभाउपत्रमा आफूले चाहेको सटर नं. अनुसार कबोल अंक भरी फाराम भरी पेस गर्नु पर्नेछ ।

१३) नेपाल सरकार तथा प्रचलित कानुनले निषेध गरिएका सामानहरु रात्री पसल खोल्न तथा बिक्रीबितरण गर्न पाइनेछैन ।

१४) दरभाउपत्र दाताले घर बहालकर बाहेक कानुन बमोजिम अन्य कुनै कर तिर्नुपर्ने भएमा स्वयम् बहालवालाले नै तिर्नु पर्नेछ ।

१५) दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।

१६) दरभाउपत्रदाता वा निजहरूको प्रतिनिधि उपस्थित नभएता पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।

१७) कार्यालयबाट बिक्री नभएको, दरभाउपत्रदाताको दस्तखत नभएको र शर्त रात्री पेस भएको बोलपत्र मान्य हुने छैन ।

१८) रीत नपुगी वा म्याद नाघी आएको दरभाउपत्र उपर कुनै कारवाही हुने छैन ।

१९) दरभाउपत्र फारम भर्दा आफूले कबुल गरेको रकम अंक र अक्षर दुवैमा स्पष्ट हुने गरी उल्लेख भएको हुनु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ ।

२०) दरभाउपत्र स्वीकृत भएपछि सूचना पाएको वा घरदैलोमा टाँस भएको मितिले ७ (सात) दिन भित्र नियमानुसार सम्झौता गर्न यस कार्यालयमा आउनु पर्नेछ। सो अवधिभित्र सम्झौता गरी पट्टा नउठाएमा धरौटी रकम जफत गरी दोस्रो दरभाउपत्र दाताको दरभाउ स्वीकृत गर्ने वा नगर्ने वा पुनः दरभाउ आह्वान गर्ने अधिकार गाउँपालिकाको कार्यालयमा सुरक्षित रहनेछ ।

२१) यस सूचनामा उल्लेख नभएका अन्य कुराहरूको हकमा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ र परवानीपुर गाउँपालिकाको घर, जग्गा, भवन, कोठा, टहरा बहालमा लगाउने सम्बन्धी कार्यविधि, २०७९ लगायत अन्य प्रचलित ऐन, नियम बमोजिम हुनेछ । 

२२) यस सम्बन्धमा अन्य थप केही कुरा बुझ्नु परेमा यस कार्यालयको राजस्व शाखामा सम्पर्क गर्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE