चमेना गृह सञ्चालनका लागि सिलबन्दी दरभाउपत्र आह्वान सूचना

स्थानीय सरकार 
सूर्यविनायक नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय 
कटुन्जे, भक्तपुर ।

चमेना गृह सञ्चालन सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२/०२/२६

यस सूर्यविनायक नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कटुन्जे र सो अन्तर्गत सूर्यविनायक नगर अस्पताल, जगातोमा चमेना गृह सञ्चालनका लागि सिलबन्दी दरभाउपत्रबाट गर्नुपर्ने भएकोले सोको विस्तृत सूचना यस नगरपालिकाको वेबसाईट www.suryabinayakmun.gov.np मा राखिएको छ । सो काम गर्न इच्छुक फर्महरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र नगरपालिकाको कार्यालय वा नगर अस्पतालको कार्यालयबाट सिलबन्दी दरभाउपत्र खरिद गरी पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

सूर्यविनायक नगरपालिका


Search, Apply & Get Job: FREE