Newspaper Tender

Source: Janakpur Today

Tender Category : Services Procurement
Type : Bolpatra
Published Date : Jun 08, 2025
Deadline : July 8, 2025, noon
Type : Bolpatra

बोलपत्र आव्हानको ३० दिने सूचना - राम जानकी पेठीया तथा माछा बजार क्षेत्रको बहाल विटोरी कर संकलनका

जनकपुरधाम उप-महानगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
जनकपुरधाम, धनुषा
मधेश प्रदेश, नेपाल

बोलपत्र आव्हानको ३० दिने सूचना

प्रथम पटक प्रकाशित मितिः २०६२/०२/२५

यस जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र रहेको राम जानकी पेठीया बजार तथा माछा बजार क्षेत्रमा मात्र आगामी आ.व. ०८१/८२ को असार मसान्त सम्मको लागी जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक ऐन, २०८१ को दफा (५) को अनुसूची (८), जनकपुरधाम उप-महानगरपालिका आय ठेक्का बन्दोवस्त नियमावली, २०७४ को परिच्छेद २ को नियम ३(१) तथा राजश्व परामर्श समितिको मिति २०८२/०२/२० को निर्णय बमोजिम ठेक्का बन्दोवस्ती लगाउने निर्णय भए अनुसार आन्तरिक राजश्व कार्यालयबाट स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त गरेका व्यक्ति, फर्म, संस्था वा कम्पनीले मात्र निम्न शर्त / बन्देजहरूको अधिनमा रहि बोलपत्र खरिद र दाखिला गर्न यो ३० (तिस) दिने बोलपत्र आव्हान गरिएको छ।

शर्तहरू

१. यस राम जानकी पेठीया बजार तथा माछा बजारको बहाल विटोरी कर यस उपमहानगरपालिकाले तोकेको दर बमोजिम ठेकेदारले अशुल उपर गर्न पाउने छ ।

२. ठेक्का कबोल अंकको ५ प्रतिशत परीटी वापत रकम यस कार्यालयको राष्ट्रिय वाणिज्य बैंक (भानुचोक शाखा) जनकपुरधामको धरौटी खाता नं १२२०१००३०२०००००७ मा जम्मा गरेको सक्कले भीचर र नेपाली नागरिकताको छाँयाप्रति बोलपत्र सहित संलग्न राखि पेश गर्नुपर्ने छ साथै यस कार्यालयको राजश्व शाखामा नगदी रु.२०००.०० (तीन हजार रुपैयाँ मात्र) को नगदी रसिद लिई मिति २०८२/३/२३ गते सम्म बोलपत्र खरिद गर्न सकिनेछ ।

३. ठेक्का स्वीकृत भएपछि कवोल रकम चार (४) किस्तामा बुझाउनुपर्ने छ, जसमध्ये सम्झौता गर्नु अधि एक किस्ता नगदी तथा अन्य तिन किस्ता रकम बराबरको बैंक ग्यारेण्टी वा सोही बराबरको धनजमानी बुझाउनु पर्ने छ वा कबोल रकम एकमुष्ट अग्रिम बुझाएमा ५ प्रतिशत छुट समेत दिइनेछ ।

४. नेपाल सरकारलाई बुझाउनुपर्ने सबै किसिमका करहरु ठेकेदारले नै बुझाउनु पर्ने छ।

५. ठेकेदारले ठेक्का भोगचलन गर्दा यस कार्यालयको निर्देशन र करारनामामा उल्लेखित शर्त बमोजिम कार्य गर्नु गराउनु पर्ने छ ।

५. बोलपत्र स्वीकृत गर्ने, नगर्ने सम्पूर्ण अधिकार कार्यालयलाई रहने छ ।

७. केरमेट सहिछाप नभएको, म्याद नाथि पर्न आएका बोलपत्रहरु स्वीकृत गरिने छैन ।

८. बोलपत्र फारममा भरेको रकम अक्षर र अंकमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ ।

९. बोलपत्रदाता तथा यस कार्यलय विच कुनै किसिमको मतभिन्नता भएमा कार्यालयको निर्णय अन्तिम हुनेछ ।

१०. बोलपत्र फारम भर्दा आफूले नाम र ठेगाना समेत लेखि बोलपत्र मिति २०८२/३/२४ गते दिनको १२:०० बजे सम्म यस कार्यालयमा दर्ता गराईसक्नु पर्ने छ।

११. बोलपत्र फारम मिति २०७२/३/२४ गते दिनको २:०० बजे सम्बन्धित प्रतिनिधिहरुको रोहबरमा खोलिने छ, उक्त समयमा बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोलिने कार्य रोकिने छैन ।

१२. ठेक्का अवधि सम्झौता करार भएको मिति देखि मिति २०८३ असार मसान्त सम्मको लागी मात्र कायम रहने छ। 

१३. ठेक्काको न्यूनतम कबोल रकम रु. १००५८०००.०० ( रु. एक करोड अन्ठाउन्न हजार मात्र) कायम गरिएको छ। 

१४. बोलपत्र खरिद गर्ने अन्तिम दिन तथा दर्ता गराउने दिन सार्वजनिक विदा पर्न गएमा उक्त कार्य सोको भोलिपल्ट कार्यालय खुलेको दिनमा गरिनेछ।

१५. फोहोरमैला व्यवस्थापनको जिम्मेवारी ठेकेदारको हुनेछ र सोको समन्वय उपमहानगरपालिका संग गरी गर्नुपर्नेछ ।

प्रमुख प्रशासकिय अधिकृत


Search, Apply & Get Job: FREE