Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : May 27, 2025
Deadline : June 27, 2025, noon
Type : Bolpatra

पार्किङ स्थल Transportation Building निर्माण गर्ने कार्यका लागि बोलपत्र आह्वान

नेपाल वायुसेवा निगम 
साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभाग
कान्तिपथ, काठमाडौँ

बोलपत्र आह्वान सम्बन्धमा

(प्रथम पटक सूचना प्रकाशित मिति: २०८२/०२/१३)

निगमको सिनामङ्गलस्थित जग्गामा निगमका लागि Amenity Block (Catering Store), पार्किङ स्थल Transportation Building निर्माण गर्ने कार्यका लागि निगमबाट उपलब्ध गराएको बोलपत्र फाराममा उल्लिखित सर्तहरूको अधीनमा रही योग्य बोलपत्र दाताहरूबाट गोरखापत्रमा प्रकाशित भएको मितिले ३१ औँ दिनको १२:०० बजेभित्र बोलपत्र (E-bidding / E-GP) को माध्यमबाट पेस गर्न सूचना प्रकाशित गरिन्छ र सोही दिन दिनको २:०० बजे निगमको केन्द्रीय कार्यालयस्थित सम्पत्ति व्यवस्थापन तथा सवारी महाशाखामा बोलपत्र दाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ। यदि उक्त दिन सार्वजनिक वा कुनै आकस्मिक बिदा पर्न गएमा ती कार्यहरू त्यसपछि लगत्तैको कार्यालय खोल्ने दिनमा हुनेछ । बोलपत्रको कागजात सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp यस सूचनाका सम्बन्धमा निगमको वेबसाइट www.nepalairlines.com.np का साथै थप केही जानकारीका लागि निगमको सम्पत्ति व्यवस्थापन तथा सवारी महाशाखामा समेत सम्पर्क राख्न सकिनेछ ।

सम्पर्क फोन नं. ४२२०७५७, एक्स्टेन्सन नं. ३३४६, २३४६


Search, Apply & Get Job: FREE