सिलबन्दी दरभाउपत्र आव्हानको सूचना
सैनिक सामग्री प्राप्ती निर्देशनालय, संभाररथी विभाग, जंगी अड्डा
नेपाली सेनाको लागि आवश्यक विभिन्न सामग्रीहरु खरिदको सिलबन्दी दरभाउपत्र आव्हानको सूचना
(प्रकाशित मिति २०८२/०२/१२ गते)
१. नेपाली सेनाको लागि आ.व. ०८१/८२ मा आवश्यक पर्ने निम्न अनुसारको सामानहरु e-GP System बाट खरिद गरिने हुँदा ईच्छुक योग्य सिलबन्दी दरभाउपत्रदाताहरुको लागि यसै सूचनाद्वारा यो सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

दोस्रो पटक सूचना प्रकाशन

२. सिलबन्दी दरभाउपत्रदाताहरुले www.bolpatra.gov.np/egp सिष्टम मार्फत विड गर्नु हुन र उक्त सिष्टममा अपलोड भएको सिलबन्दी दरभाउपत्र सम्बन्धी कागजातमा उल्लेख भए अनुसारको राजश्व / धरौटी खाताहरुमा रकम जम्मा गरी सो को भौचर पेश गर्नु हुन । साथै, सो सम्बन्धी थप जानकारीको लागि यस कार्यालयको फोन नं. ०१-५९७९१२६ मा सम्पर्क गर्नु हुन समेत जानकारी गराईन्छ ।