पशुपति क्षेत्र विकास कोष
नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालय
वनकाली, काठमाडौं
सिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मितिः २०८२/०२/१२
यस विद्यालयका १०९ जना आवासीय विद्यार्थीहरूका साथै सम्बद्ध कर्मचारीका लागि वार्षिक रूपमा आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामग्रीहरू सिलबन्दी बोलपत्रका माध्यमबाट खरिद गर्नुपर्ने भएकाले इच्छुक योग्य बोलपत्रदाताहरूका लागि यसै सूचनाद्वारा बोलपत्र आह्वान गरिएको छ ।
- बोलपत्र फाराम रु. ३,०००/- (फिर्ता नहुने) तिरी विद्यालयबाट प्राप्त गर्न सकिनेछ ।
- बोलपत्र फारामका साथ स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, फर्म/कम्पनी/व्यवसाय दर्ता प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रका प्रमाणित प्रतिलिपि एवं बोलपत्र जमानत रु. १,६३,०००/- (एक लाख त्रिसट्ठी हजार रूपियाँ मात्र) को बैंक भौचर वा कुनै वाणिज्य बैंकबाट यस विद्यालयका नाममा जारी कार्यप्रयोजन खुलेको बोलपत्र जमानत / बिडबन्ड ( बोलपत्र दाखिला गर्ने अन्तिम मितिदेखि कम्तीमा १२० दिनको) पेश गर्नुपर्नेछ ।
- जम्मा लागत अनुमान रकम रु. ५४,२५,९०६/- (मू.अ.करबाहेक)
- बोलपत्र खरिद / दर्ता गर्ने अन्तिम मिति र समयः २०८२ / ०३ / ११ मध्याह्न १२ बजेसम्म
- बोलपत्र खोल्ने मिति र समयः २०८२/०३/११, दिवा १ बजे
- बोलपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्ने कार्यमा बाधा पर्ने छैन ।
- ससर्त, म्याद नाघी प्राप्त भएको एवं रीत नपुगेको बोलपत्रउपर कुनै कारबाही हुने छैन।
- बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार विद्यालयमा निहित रहनेछ ।
- थप जानकारीका लागि सम्पर्क न. ९८४१०१५४६३. अशोक, इमेल [email protected]