सिलबन्दी दरभाउपत्र (कोटेसन): आह्वानको सूचना

नेपाल टेलिकम 
(नेपाल दूरसञ्चार कम्पनी लि.) 
पावर विभाग, छाउनी ।
प्रथम पटक प्रकाशित मिति: २०८२/०२/११

सिलबन्दी दरभाउपत्र (कोटेसन): आह्वानको सूचना 

यस कम्पनीका लागि Compact SMPS Rectifier System (600A ) आवश्यक भएकोले आ.व. ०८०/८१ सम्मको कर चुक्ता गरेका इच्छुक कम्पनी वा फर्मले यस कम्पनीको दूरसञ्चार कार्यालय, छाउनीको काउन्टरमा पछि फिर्ता नहुने गरी रु.३,०००।०० (अक्षरुपी रुपियाँ तीन हजार मात्र) रकम बुझाई पावर विभागबाट उपलब्ध हुने सिलबन्दी दरभाउपत्र फाराम खरिद गरी फाराममा उल्लिखित सर्तहरूको अधीनमा रही रीतपूर्वकको सिलबन्दी दरभाउपत्र सूचना प्रकाशित भएको मितिले १७ (सत्र) दिन बिहानको ११:४५ बजेभित्र यस पावर विभाग, छाउनीमा पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । दरभाउपत्रसँग रु. २,३१,००००० (अक्षरुपी रुपियाँ दुई लाख एकत्तीस हजार मात्र) को रकम नेपाल दूरसञ्चार कम्पनी लि., पावर विभाग, छाउनीको नाममा रहको नबिल बैंकको धरौटी खाता नं. ०३०१०१७५००९४० मा नगद जम्मा गरेको सक्कल भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त 'क' वर्गको बैंकबाट बैंक जमानी पत्र संलग्न गर्नुपर्नेछ । प्राप्त दरभाउपत्रहरू अन्तिम मिति २०८२/०२/२७ दिनको १२ बजे ( सो दिन बिदा पर्न गएमा भोलिपल्टको कार्य दिन) पावर विभाग छाउनीमा खोलिनेछ ।

सम्पर्क टेलिफोन नं. ५३७२९००, ५९०३४९०


Search, Apply & Get Job: FREE