राष्ट्रिय प्रकृति संरक्षण कोष
सदर चिडियाखाना
जावलाखेल, ललितपुर
सिलबन्दी दरभाउपत्र आव्हानको सूचना
पुनः प्रकाशित मिति २०८२ जेष्ठ ११ गते आइतबार।
सूचना नं ०३ २०८१०८२
यस सदर चिडियाखाना परिसरमा Lion cage repair and maintenance निर्माण कार्य सिलबन्दी दरभाउपत्रको माध्यमबाट गर्नु पर्ने भएकोले ईच्छुक स्थायी लेखा नम्बर लिई मु.अ.करमा दर्ता भई नियमानुसार कर चुक्ता भएका नेपाल सरकारबाट सम्बन्धित कार्यमा ईजाजत् प्राप्त निर्माण व्यवसायीहरुलाई यो सूचना पुनःप्रकाशित भएको मितिले १५ दिन भित्र रितपूर्वक सिलवन्दी दरभाउपत्र आव्हान गरिएकोछ । चालु आर्थिक बर्षको नवीकरण गरेको फर्म दर्ता प्रमाणपत्र, ईजाजत पत्र तथा आ. ब. २०८०/०८१ को कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपिसाथ निवेदन पेश गरी सिलबन्दी दरभाउपत्र फारामहरु सदर चिडियाखाना, जावलाखेल र राष्ट्रिय प्रकृति संरक्षण कोष, केन्द्रीय कार्यालय, खुमलटार, ललितपुरबाट फिर्ता नहुने गरी रु. १,०००/- (एक हजार) तिरी खरिद गर्न सकिनेछ। यो सूचना पुनः प्रकाशित भएको मितिले १५ औं दिनसम्म कार्यालय समय भित्र दरभाउपत्र फाराम खरिद गरी १६ औं दिनको मध्यान्ह १२:०० बजे भित्र राष्ट्रिय प्रकृति संरक्षण कोष, केन्द्रीय कार्यालय, खुमलटार, ललितपुरमा सिलबन्दी दरभाउपत्र दाखिला गरिसक्नु पर्नेछ । दाखिला हुन आएका दरभाउपत्रहरु सोही दिन दिनको ३:०० बजे कोषको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा दरभाउपत्रदाता वा नीजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । दरभाउपत्रदाता वा नीजको प्रतिनिधि उपस्थित नभए पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन। दर्ता हुन आएका दरभाउपत्रहरु स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ । यस सम्बन्धि विस्तृत सूचना सदर चिडियाखाना, जावलाखेल, ललितपुर र राष्ट्रिय प्रकृति संरक्षण कोष, केन्द्रीय कार्यालय खुमलटार, ललितपुरको सूचना पाटीमा टाँस गरिएको छ ।