श्री पशुपतिस्थान
सामुदायिक वन उपभोक्ता समुह
खानीखोला गा.पा. वडा नं. ७ काभ्रेपलाञ्चोक
खयर काठ शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना पहिलो पटक प्रकासित सुचना
मितिः २०८२ / ०२ / ०९ गते
यस सामुदायिक वन उपभोक्ता समुहले व्यवस्थापन गर्दै आएको सामुदायिक वन क्षेत्रमा विपदले ढलेका रुखहरु संकलन गरी सो बाट उत्पादन भएको खयर गोलिया थान १८०० को परिमाण १२९८.८२ काठ घाटगद्धी स्थान महांकालमा घाटगद्धी गरी राखेको काठ दाउरा जे जस्तो अवस्थामा छ सोही अबस्थामा आफ्नै खर्चमा उठाई लैजानु पर्ने गरी लिलाम बिक्री गर्नु पर्ने भएकोले यो सुचना प्रकाशित गरि एको छ । सम्बन्धित निकायमा सुचिकृत इच्छुक कथ्था कचमा आधारित संस्था, फर्म वा कम्पनिले यो सुचना प्रकाशित भएको मितिले २१ ( एक्काइस) दिन भित्र सिलबन्दी बोलपत्र दाखिला गर्न आव्हान गरिन्छ । यस सम्बन्धि बिस्तृत जानकारीको लागी यस सामुदायिक वन उपभोक्ता समुहको कार्यालयमा सम्पर्क राख्न सकिने छ । पूर्ण व्यहोराको सुचना यस सामुदायिक वन उपभोक्ता समुहको कार्यालय खानीखोल ७ महांकाल, काभ्रेपलाञ्चोकको सुचना पाटीमा टाँस गरिएको छ ।
- अध्यक्ष, बुद्धि बहादुर तामाङ, फोन: ९८४९२९१५००