बसबरिया गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भवानीपुर, सर्लाही
मधेश प्रदेश
सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना
प्रकाशित मिति: २०८२/०२/०६
यस गाउँ कार्यपालिकाको कार्यालयलाई आवश्यक पर्ने फर्निचर तथा फिक्चर्स, मिशनरी तथा कार्यालय सामग्री सप्लाई गर्न सम्बन्धित इच्छुक इजाजत प्राप्त फर्म वा सप्लायर्सले तपसिल बमोजिमका शर्तहरुको अधिनमा रही रिक्त पूर्वकको सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।
तपसिल
१. यो सूचना प्रकाशित भएको मिति देखि १५ औं दिन सम्म दरभाउपत्र फारम यस कार्यालयको जिन्सी शाखाबाट सम्बन्धित आपूर्तीकर्ता वा अधिकार प्राप्त प्रतिनिधिले अद्यावधिक नविकरण गरेको व्यवसाय फर्म दर्ताको इजाजत पत्रको प्रतिलिपि, कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, आ. व. २०८० / ०८१ को कर चुक्ता गरेको पत्रको प्रतिलिपि समेत दर भाउपत्र दस्तुर रु. १०००/- पछि फिर्ता नहुने गरी नेपाल बैंक लिमिटेड भवानीपुरमा रहेको आन्तरिक राजश्व खाता नं. २६४०३०००००१००१०००००१ मा दाखिला गरेको सक्कलै बैंक भौचर सहित निवेदन साथ पेश गरेपछि दरभाउपत्र फारम यस कार्यालयबाट खरिद गर्न सकिने छ ।
२. खरिद गरिएका दरभाउपत्र फारमहरुको महल स्पष्ट रूपमा भरी प्रत्येक पानामा सही छाप गरी प्रथम पटक सूचना प्रकाशन भएको मिति देखि १६ औं दिन को १२:०० बजे भित्र यस कार्यालयमा दर भाउपत्र दर्ता गराई सक्नुपर्ने छ ।
३. दरभाउपत्र फारम साथ कबुल अंकको ३ प्रतिशतले हुने जमानत वापतको रकम यस गाउँपालिकाको नाउँमा नेपाल बैंक लिमिटेड, भवानीपुरमा रहेको धरौटी खाता नं. २६४०३०००००३००००००००१ मा दाखिला गरेको सक्कलै बैंक भौचर वा यस कार्यालयको नाउँमा जारी भएको १२० दिन म्याद भएको नेपाल सरकारबाट मान्यता प्राप्त क वर्गको बाणिज्य बैंकबाट जारी भएको विड बण्ड पेश गर्नुपर्ने छ ।
४. दर्ता हुन आएको शिलवन्दी दरभाउपत्र यस कार्यालयमा दरभाउपत्र दाता वा प्रतिनिधिहरूको रोहवरमा १६ औं दिनको २:०० बजे खोलिनेछ तर निजहरु अनुपस्थित भएमा पनि दर भाउपत्र खोल्ने बाधा पर्ने छैन । फारम खरिद गर्ने वा दाखिला गरिने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरु विदा पछिको कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।
५. दर भाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस गाउँपालिकाको कार्यालयमा सुरक्षित रहने छ । रिक्त नपुगेको र म्याद नाघी आएका दरभाउ पत्र उपर कुनै कारवाही गर्ने छैन् ।
६. सामग्रीहरूको संख्यामा कार्यालयको आवश्यकता अनुसार स्वीकृत दर रेटमा थप घट गर्न सकिने छ ।
