जग्गा भाडामा दिने कार्यको लागि सिलबन्दी दरभाउपत्र आह्वान

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

पशुपति क्षेत्र विकास कोष
पशुपति क्षेत्र विकास कोषको मातहतमा रहेको तिलगंगा स्थित c2 क्षेत्रको शारदा मा. वि. पछाडि पश्चिमतर्फको जग्गा भाडामा दिने कार्यको लागि सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ ।

(सूचना प्रकाशित मिति: २०८२ २(१)

ठेक्का नं. PADT/NCB/2081-082 / land/Rent/RQT2

१. यस कोषको स्वामित्वमा रहेको पशुपति क्षेत्र विकास कोषको मातहतमा रहेको तिलगंगा स्थित c2 क्षेत्रको शारदा मा.वि. पछाडि पश्चिमतर्फको जग्गामा पशुपति क्षेत्रको मापदण्डका निषेधित सामाग्रीहरू बाहेकका सामान राख्ने र बिक्री गर्ने गरी सञ्चालन गर्ने प्रयोजनको लागी मात्र मासिक न्यूनतम भाडादर प्रतिकवल रू. २७.१७० (सत्ताइस हजार एक सय सत्तरी रुपियाँ मात्र) मा नघटाई बढाबढ गरी भाडामा सञ्चालन गर्न दिनुपर्ने भएकोले इजाजत प्राप्त इच्छुक संघ संस्था, फर्मले यो सूचना प्रकाशित मितिले १६ (सोहौ) दिनको १२:०० बजेभित्रसम्ममा ppmo को website www.bolpatra.gov.np मार्फत मात्र दरभाउपत्र upload गर्न सकिनेछ ।

२. योग्य दरभाउपत्रदाताले दरभाउपत्र upload गर्दा साथमा फर्म / व्यवसाय दर्ता/कम्पनी दर्ता, मु.अ. कर दर्ता र कर चुक्ताको प्रमाणपत्रको छायाकपी र दरभाउपत्रसम्बन्धी कागजातको दस्तुर रू. १०००/- (फिर्ता नहुने) निम्न बैकमा नगद जम्मा गरी सो सक्कल भौचरको फोटोकपी स्क्यान गरी दरभाउपत्र फाराम साथ upload गर्नु पर्नेछ ।

खातावालाको नाम : पशुपति क्षेत्र विकास कोष ठेगाना : बत्तीस पुतली बानेश्वर, काठमाडौ

बैंकको नाम : नेपाल इन्भेष्टमेन्ट मेघा 

बैंक खाता नं.: ०१९०१०३००२३१९९

अन्य विस्तृत जानकारीका लागि कोषको सार्वजनिक खरिद महाशाखामा सम्पर्क राख्न समेत सूचित गरिन्छ । फोन नं. ०१-४५७०७६४ |

३. दरभाउपत्र २०८२/०२/१६ गते दिनको १२ बजेभित्र सम्ममा upload गरिसक्नु पर्नेछ । 

४. तोकिएको समयभित्र upload भएका दरभाउपत्रहरू पशुपति क्षेत्र विकास कोष, गौशाला काठमाडौमा २०८२।०२।१६ गते दिनको १ बजे खोलिनेछ । दरभाउपत्र खोलिने कार्य प्रतिनिधि तथा दरभाउपत्रदाताको उपस्थितिमा खोलिने छ तर दरभाउपत्रदाता उपस्थित नभएकै करण दरभाउपत्र खोलिने कार्य रोकिने छैन । साथै दरभाउपत्रसाथ आफूले कबोल गरेको मासिक भाडा अंकको ६ (छ) महिना बराबरको रकम धरौटी स्वरुप नेपाल बैक लि. डिल्लीबजार स्थित पशुपति क्षेत्र विकास कोषको खाता नं. ०३२०१००००६६५७३०००००१ मा नगदै जम्मा गरेको सक्कल भौचर दरभाउपत्र साथ स्क्यान गरी अनिवार्य रूपमा पेश गर्नु पर्नेछ । 

५. दरभाउपत्र पूर्ण रूपमा स्वीकार गर्ने वा नगर्ने वा रद्द गर्ने सर्वाधिकार कोषमा निहित रहनेछ ।


Search, Apply & Get Job: FREE