Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Auction
Type : Bolpatra
Published Date : May 11, 2025
Deadline : May 26, 2025, noon
Type : Bolpatra

सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्रीको लागि बोलपत्र आव्हानको सूचना

नेपाल सरकार
परराष्ट्र मन्त्रालय
राहदानी विभाग

सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्रीको लागि बोलपत्र आव्हानको सूचना

सूचना नं.: ०१/०८१/८२

प्रथम पटक प्रकाशित मितिः २०८२/०१/२८

यस राहदानी विभागमा मौज्दातमा रहेका लिलाम बिक्री गर्नुपर्ने सम्पत्ति तथा जिन्सी मालसामान जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्रको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले देहायका शर्तहरूको अधिनमा रही बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

* इच्छुक बोलपत्रदाताहरूले राहदानी विभाग, त्रिपुरेश्वर जिन्सी शाखाबाट आवश्यक जानकारी हासिल गर्ने वा बोलपत्र सम्बन्धि कागजात हेर्न तथा खरिद गर्न सक्नेछ ।

* इच्छुक बोलपत्रदाताले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र फिर्ता नहुने गरी रू.१००० (अक्षरेपी एक हजार मात्र) रकम राष्ट्रिय बाणिज्य बैंक, टेकु स्थित यस राहदानी विभागको राजश्व खाता नं. १०००१००२०००१०००० कार्यालय कोड नं. ३२६०१३५०१ राजश्च शिर्षक नं. १४२२९ मा बुझाइ सक्कल राजश्व दाखिला भौचरसहित बोलपत्रदाताको फर्म दर्ता प्रमाणपत्र वा इच्छुक व्यक्ति भएमा नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरू संलग्न राखी बोलपत्र फाराम खरिदको लागि निवेदन पेश गर्नुपर्नेछ ।

* बोलपत्र प्रथम पटक प्रकाशित भएको मितिले १६ औं दिनको १२ बजे भित्र यस विभागमा दर्ता गरी सक्नुपर्नेछ ।

* कार्यालमा दर्ता भएका बोलपत्रहरू १६ औं दिनको २ बजे उपस्थित भएका बोलपत्रदाता वा निजको प्रतिनिधहिरूको रोहवरमा यस कार्यालयमा खोलिनेछ । तर बोलचालदाता वा निजको प्रतिनिधि उपस्थित नभएको कारणले मात्र बोलपत्र खोल्न बाधा पर्ने छैन ।

* लिलामा बिक्री हुने सम्पत्ति तथा जिन्सी मालसामान हेर्न चहानेले बोलपत्रदाताले कार्यालय समयभित्र जिन्सी शाखामा सम्पर्क राख्नु पर्नेछ ।

* बोलपत्रदाताले बोलपत्र साथ जमानत वापत आफुले कवोल गरेको दररेट अनुसारले हुन आउने कुल रकमको दश प्रतिशत रकम कोष तथा लेखा नियन्त्रक कार्यालय, त्रिपुरेश्वरको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक, टेकु शाखामा रहेको धरौटी खाता नं. १७००१००१०२०३०००० कार्यालय कोड ३२६०१३५०१ मा जम्मा गरी सोको सक्कल बैंक भौचर वा यस कार्यालयको नाममा जारी भएको कम्तीमा नब्बे दिन म्याद भएको बैंक जमानत (बिड बण्ड ) पेश गर्नु पर्नेछ ।

* बोलपत्रदाताले बोलपत्र भर्दा सबै आइटम भर्नुपर्नेछ । बोलपत्र स्वीकृत गर्दा सबैभन्दा अधिकतम मूल्यांकन सारभुत रूपमा प्रवाभग्राही बोलपत्रलाई स्वीकृत गरिनेछ ।

* बोलपत्र खरिद गर्ने दाखिला गर्ने र खोल्ने अन्तिम दिन विदा परेको खण्डमा त्यसको लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खरिद गर्ने दाखिला गर्ने र खोल्ने दिन मानिनेछ ।

* कबोल गरेको रकम मू.अ.कर बाहेक हुनेछ । स्वीकृत भएको बोलपत्रमा मू.अ.कर बापत थप १३% जोडी लिलाम सकार सम्बन्धि अन्तिम मूल्य हुनेछ ।


Search, Apply & Get Job: FREE