डिभिजन वन कार्यालय, सुनसरीको
शिलवन्दी बोलपत्रको माध्यमबाट दरिया बुर्दि काठ दाउरा लिलाम बिक्री गर्ने सूचना
प्रथम पटक सूचना प्रकाशित मिति: २०८२।०१।२६
डिभिजन वन कार्यालय सुनसरीबाट आ.व. २०८१/०८२ मा सप्तकोशी नदीको पूर्वी किनार सुनसरी जिल्ला तर्फ नदीले बगाई ल्याएको, किनारा लागेको अड्केको वा पुरिएको बेवारिसे तथा दरिया बुर्दी दहत्तर बहत्तर काठ दाउरा संकलन भई रामधुनी र नडाहामा घाटगद्दीमा रहेका खयर समेत जातका १९७३ थानको गोलियाको १४८५.६५ क्यू. फिट काठ र अन्य जातका १२० चट्टा दाउरा समेत (२ वटा लट) शिलवन्दी वोलपत्रको माध्यमबाट बढाबढमा लिलाम बिक्री गरिने भएको हुँदा सम्वन्धित सबैको जानकारीको लागि यो ३० दिने सूचना प्रकाशित गरिएको छ । पूर्ण व्यहोराको सूचना यस कार्यालयको सूचना पाटी र Website: http://dfosunsari.koshi.gov.np/ मा राखिएको छ । थप जानकारीका लागि यस कार्यालयमा कार्यालय समय भित्र सम्पर्क गरी बुझ्न सकिने छ । (मो.नं. ९८६२७५६१४०, ९८५२०५९५२१)