त्रिभुवन विश्वविद्यालय
व्यवस्थापन संकाय, डीनको कार्यालय
शिलवन्दी दर / रेट उपलब्ध गराउने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति : २०८२/०१/२४
त्रि. वि. विशिष्टीकृत उच्च शिक्षा प्रवर्द्धन कार्यक्रम (TU Nurturing | Excellence in Higher Education Program, NEHEP) अन्तर्गत सुदुर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका क्याम्पसहरुमा प्राध्यापनरत प्राध्यापकहरुको लागि पोखरा एरियामा बागमती प्रदेश र मधेश प्रदेशका क्याम्पसहरुमा प्राध्यापनरत प्राध्यापकहरुको लागि हेटौंडा एरियामा र काठमाडौं उपत्यकाका बाँकी क्याम्पसहरुमा प्राध्यापनरत प्राध्यापकहरुको लागि काठमाडौं उपत्यका भित्र क्षमता अभिवृद्धि कार्यक्रम क्रमस जेठ १० गते देखि आषाढ १५ गते भित्र तेस्रो, चौथो र पाचौ कोर्हट संचालन गर्न लागेको हुँदा उक्त कार्यक्रममा सहभागी हुनु हुने विषय विशेषज्ञ, शिक्षक तथा कर्मचारीहरुको लागि विहानको खाजा, दिउँसोको खाना, चिया नास्ता, बेलुकीको खाना र बस्ने व्यवस्था (सिङ्गल, डबल र ट्रिपल) इन्टरनेट सुविधा सहितको कोठाहरु र सभाहल (इन्टरनेट, बत्ति, साउण्ड सिष्टम र प्रोजेक्टरको राम्रो सुविधा भएको करिव ४० जना अट्ने क्रमश पोखरा एरिया, हेटौंडा एरिया र काठमाडौं उपत्यका भित्रका होटलहरुले के कति दरमा उपलब्ध गराउन सक्ने हो १५ दिन भित्र शिलबन्दी दर / रेट पेश गर्न उक्त क्षेत्रमा संचालित सुविधा सम्पन्न मु.अ.क. मा दर्ता तथा हालसम्म नवीकरण गरिएका होटल व्यवसायीलाई अनुरोध गरिन्छ ।
नोट: विस्तृत जानकारीका लागि यस कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।