कर्मचारी सञ्चय कोषको काठमाडौं महानगरपालिका वडा नं. १२ टेकुस्थित जग्गा भाडामा दिनेसम्बन्धी सिलबन्दी बोलपत्र आह्वान
(गोरखापत्रमा प्रथम पटक प्रकाशित मिति २०८२/०१/२४ गते)
१. काठमाडौं महानगरपालिका वडा नं. १२ टेकुस्थित कि.नं. १, ३, १४२२१९५ को १९-७-२-३ रोपनी ( भाडा योग्य) हाल कम्पाउण्डभित्र जे-जति जुन अवस्थामा रहेको छ सोही अवस्थामा १५ (पन्ध्र) वर्षका लागि भाडामा लिन इच्छुक व्यक्ति वा फर्म/कम्पनीबाट रीतपूर्वकको सिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।

२. इच्छुक व्यक्ति वा फर्म/कम्पनीले पुल्चोकस्थित नेपाल इन्भेष्टमेण्ट मेघा बैंक लि. मा रहेको कर्मचारी सञ्चय कोषको खाता नं. ००४०१०१०२५४३७३ मा रु. १,०००/- (फिर्ता नहुने) बुझाएको सक्कल प्रति भौचर, व्यक्तिको हकमा नागरिकताको प्रमाणित प्रतिलिपी, संस्थाको हकमा फर्म दर्ता PAN VAT दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, आ.ब. ०८०/८१ को करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, कोषले भाडामा दिन आह्वान गरेको क्षेत्रफल र अवधि बराबर नेपाल सरकार वा संगठित संस्थाको जग्गाको भाडा व्यवस्थापन गरेको प्रमाणित अनुभव पत्र र लिखित निवेदन पेस गरी यो सूचना प्रकाशित भएको मितिले ३० औं दिन अर्थात् मिति २०८२/०२/२२ गते कार्यालय समयभित्र कर्मचारी सञ्चय कोष, सम्पत्ति व्यवस्थापन विभाग, पुल्चोकबाट बोलपत्र फारम खरिद गर्न सक्नेछन् ।
३. यसअधि कोषको कुनै पनि जग्गा तथा भवन भाडामा लिई कोषलाई भाडावापत् तिर्नु बुझाउनुपर्ने रकम बाँकी बक्यौता भएका व्यक्ति/फर्म/कम्पनी/संस्था यस भाडा प्रक्रियामा सहभागी हुन पाउने छैन।
४. बोलपत्रदाताले कोषबाट खरिद गरिएको बोलपत्र कागजात (सक्कलै ) भरी सिलबन्दी गरी यो सूचना प्रकाशित भएको मितिले ३१ औं दिन अर्थात् मिति २०८२/०२/२३ गते १२:१५ बजेभित्र कर्मचारी सञ्चय कोष, पुल्चोकमा बुझाई सक्नुपर्नेछ । तोकिएको मिति र समयपश्चात् प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन ।
५. प्राप्त सिलबन्दी बोलपत्रहरू यो सूचना प्रकाशित भएको मितिले ३१ औ दिन अर्थात् मिति २०८२ / ०२ / २३ गते दिनको १:०० बजे बोलपत्रदाताहरूको तर्फबाट उपस्थित प्रतिनिधिहरूको रोहवरमा कर्मचारी सञ्चय कोष, पुल्चोकस्थित सम्पत्ति व्यवस्थापन विभागमा खोलिने छ। तर कुनै बोलपत्रदाताको तर्फबाट प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्ने कार्यमा बाधा पर्ने छैन ।
६. बोलपत्र जमानतबापतको रकम पुल्चोकस्थित नेपाल इन्भेष्टमेण्ट मेघा बैंक लि.मा रहेको कर्मचारी सञ्चय कोषको खाता नं. ००४०१०१०२५४३७३ मा सम्बन्धित बोलपत्रदाताकै नामबाट जम्मा भएको सक्कल भौचर वा कुनै बाणिज्य बैंकले कोषको नाममा जारी गरेको बोलपत्र दाखिला गर्ने अन्तिम दिनबाट कम्तिमा १२० (एक सय बीस दिन) दिन म्याद कायम रहेको शर्त रहितको सम्बन्धित बोलपत्रदाताकै नाममा रहेको बैंक ग्यारेण्टीको सक्कल प्रति बोलपत्रसाथ संलग्न हुनुपर्नेछ ।
७. बोलपत्र दाखिला गर्ने अन्तिम दिन तथा बोलपत्र खोल्ने दिन सार्वजनिक बिदा परेमा ती कार्यहरू त्यसको लगत्तै कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।
८. एउटा व्यक्ति वा निजको एकासगोलको परिवार वा निजको एकासगोलको परिवारका सदस्य आबद्ध रहेको फर्म/कम्पनी/संस्थाले एउटा मात्र बोलपत्र पेश गर्न सक्नेछ ।
९. बोलपत्रदाताले बोलपत्र दाखिला गर्नु अगावै उक्त जग्गाको स्थलगत अवलोकन गर्न चाहेमा कोषमा सम्पर्क गरी अवलोकन गर्न सक्नेछ ।
१०. बोलपत्रदाताले पेश गरेको सिलबन्दी बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कोषमा निहित रहनेछ ।
११. बोलपत्रदाताले बोलपत्र जमानत लगायतका आवश्यक कागजात संलग्न गरी आधारभूत प्रस्ताव र बित्तीय प्रस्ताव छुट्टा छुट्टै रीतपूर्वक भरी छुट्टा छुट्टै खाममा राखी सिलबन्दी गरी बोलपत्रको खाम बाहिर "कोषको काठमाडौं महानगरपालिका वडा नं. १२ टेकुस्थित जग्गा भाडामा लिनेसम्बन्धी आधारभुत वा वित्तीय विषयको बोलपत्र प्रस्ताव" भनी प्रष्ट लेखी दुई वटा खाम कोषमा बुझाउनु पर्नेछ ।
१२. बोलपत्रसम्बन्धी अन्य आवश्यक कुराहरू बोलपत्र आवेदन फाराममा संलग्न कागजातहरूमा उल्लेख रहेको छ। थप जानकारी आवश्यक भएमा कोषको पुल्चोकस्थित सम्पत्ति व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिनेछ ।
कर्मचारी सञ्चय कोष
सम्पत्ति व्यवस्थापन विभाग
पुल्चोक, ललितपुर, फोन नं. ०१-५०१०००९,
इमेल [email protected]