पुस्तक छपाइ सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वान

नेपाल सरकार
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान 

पुस्तक छपाइ सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वान 

प्रथम पटक प्रकाशित मिति: २०८२/०१/२४

चालू आर्थिक वर्ष २०८१/०८२ मा यस प्रतिष्ठानले विभिन्न विधाका ११ वटा पुस्तक स्पेसिफिकेसन अनुसार छपाइ गर्नुपर्ने भएकोले उक्त कार्य गर्न इच्छुक छापाखानाले संस्था दर्ता प्रमाणपत्र, छापाखाना सञ्चालन सम्बन्धी जिल्ला प्रशासन कार्यालयबाट जारी भएको अनुमति पत्र, आयकर दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र, २०८०/०८१ को कर चुक्ता प्रमाणपत्र र पेशा सम्बन्धी कसुर नलागेको घोषणा गरिएको पत्र सहित | निम्नानुसार सर्तहरूको अधीनमा रही सिलबन्दी दरभाउ पत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । 

१. सिलबन्दी दरभाउपत्र फाराम रु. १,०००/- (एक हजार रुपियाँ) प्रतिष्ठानको राष्ट्रिय वाणिज्य बैंकको खाता नं. ११४०००१४०७०१ मा दाखिला गरेको भौचर पेश गरी खरिद गर्न सक्नुहुनेछ ।

२. दरभाउपत्र दाताले कबोल गरेको अङ्कको ३% ले हुने रकमको बैंक जमानत बुझाउनुपर्नेछ । उक्त जमानत पत्रको कम्तीमा ७५ दिन म्याद रहेको हुनुपर्नेछ ।

३. प्रति एकाइ दरले हुन आउने जम्मा कबोल रकममा मूल्य अभिवृद्धि कर (VAT) समेत संलग्न हुनुपर्नेछ । रकम अङ्क र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिइनेछ ।

४. रीत नपुगेको म्याद नाघी प्राप्त भएको दरभाउपत्र दाताको हस्ताक्षर नभएको सिलबन्दी उपर कुनै कारबाही हुने छैन ।

५. दरभाउपत्र फाराम बुझाउने अन्तिम दिन बिदा परेमा सोपछि क्रमशः कार्यालय खुलेको दिनलाई मानिने छ । 

६. सूचना प्रकाशित मितिले १५ औं दिनसम्म दरभाउपत्र खरिद गरी १६ औं दिनको १२ बजेभित्र दाखिला गरिसक्नुपर्नेछ ।

७. प्राप्त भएका दरभाउपत्र १६ औँ दिनको १.०० बजे प्रतिष्ठानको भवन सानेपामा सिलबन्दी दाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । निजहरू उपस्थित नभए पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।

८. यो सूचनामा नपरेका कुराहरू सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ तथा अन्य प्रचलित कानुन बमोजिम हुनेछ । विस्तृत जानकारीका लागि प्रतिष्ठानमा सम्पर्क राख्न सकिनेछ ।

९. दरभाउपत्र स्वीकृत गर्ने नगर्ने सम्पूर्ण अधिकार प्रतिष्ठानमा सुरक्षित रहनेछ।

फोन : ०१५१८३२५२/ website: www.nfdin.gov.np


Search, Apply & Get Job: FREE