Newspaper Tender

Source: Chitwan Post

Type : Bolpatra
Published Date : May 07, 2025
Deadline : May 14, 2025, noon
Type : Bolpatra

फर्निचर तथा विद्युतीय सामग्रीहरू आपूर्तिको लागि शीलबन्दी बोलपत्र आह्वानको सूचना

आपूर्तिको लागि शीलबन्दी बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति : २०८२/०१/२४ गते

नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखा र सञ्चालित रक्तसञ्चार सेवाको लागि तपशिल अनुसार को कार्यालय फर्निचर तथा विद्युतीय सामग्रीहरू आवश्यक परेको हुँदा इच्छुक इजाजतपत्र प्राप्त फर्महरूबाट निम्न शर्तहरूको अधीनमा रही रीतपूर्वक शिलबन्दी दरभाउ पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरू

  • सामाग्री आपूर्ति गर्न नेपाल सरकारको इजाजत प्राप्त रजिष्टर्ड फर्म वा सप्लायर्सले मिति २०८२/१/३० गते भित्र ने.रे.सो जिल्ला शाखा चितवन शिलबन्दी बोलपत्र पेश गर्ने सक्नेछन् । साथै मिति २०८२/१/३१ गते वोलपत्र खोलिनेछ ।
  • शिलबन्दी बोलपत्र बुझाउँदा आफुले कबुल गरेको अंकको २.५० प्रतिशत रकम यस कार्यालयको नाममा कृषि विकास बैंक नारायणगढ शाखामा रहेको हिसाव खाता नं. ०५०८९००३०८४१९०१७ मा जम्मा गरेको सक्कल बैंक भौचर वा नगदी रसिद काटी नगद शाखामा जम्मा गर्नुपर्ने छ ।
  • शिलबन्दी बोलपत्र तोकिएको मिति र म्याद भित्र इकाई दररेट स्पष्ट अड र अक्षर दुवैमा लेखी, अद्यावधिक नविकरण भएको व्यवसायिक प्रमाण पत्रको प्रतिलिपी, आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको स्थायी ले खा नम्बरको प्रतिलिपी, आ.व.०८०/०८१ को कर चुक्ता भएको प्रतिलिपी सहित पेश गर्नुपर्नेछ ।
  • खरिद भएका बोलपत्रमा तोकिएको मिति र म्याद भित्र इकाई दररेट स्पष्ट अड र अक्षर दुवैमा भरी, अद्यावधि नवीकरण भएको व्यवसायिक प्रमाण पत्रको प्रतिलिपी, आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको स्थायी ले खा नम्बरको प्रतिलिपी,आ.व.०८०/०८१ को कर चुक्ता भएको प्रतिलिपी, २.५० प्रतिशत रकम सक्कल बैंक भौचर तथा नगदी रसिद संग्लनगरि शिलबन्दी लाहाछाप गरी ने.रे.सो चितवन जिल्ला शाखा कार्यालयमा दर्ता गराउनु पर्नेछ ।
  • बोलपत्र फारम रु. २००/- नगद तिरी नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको लेखा शाखामा समय भित्र प्राप्तगर्न सकिनेछ । कुनै पनि फर्महरूले समुह १ भन्दा बढी समूहको शिलबन्दी कोटेशन लिन सक्नेछन् । 
  • निर्धारित ढाँचामा पेश नगरिएका बोलपत्रलाई मान्यता दिइने छैन ।
  • शिलवन्दी बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस सोसाइटीमा सुरक्षित रहनेछ ।
  • शिलबन्धी बोलपत्र सम्बन्धि अन्य जानकारीको लागि नेपाल रेडक्रस सोसाइटीको कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।
  • सामग्रीको विस्तृत स्पेसिफिकेशन विवरण तथा सङख्या सूचनामा उल्लेख गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी 
चितवन जिल्ला शाखा
फोन नं. ०५६-५२६१३३ र ०५६-५२५१५६


Search, Apply & Get Job: FREE