सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
पशुपति क्षेत्र विकास कोष
पशुपति क्षेत्र विकास कोषको मातहतमा रहेको वनकालीस्थित सुमार्गी भवन अगाडिको सटर कवल न. ५ भाडामा दिने कार्यको लागि सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ ।
(पुन: सूचना प्रकाशित मिति: २०८२ / ०१ / २३)
ठेक्का नं.:- PADT/NCB/2081-082 / Shop/Rent/ QT1
(१) यस कोषको स्वामित्वमा रहेको वनकालीस्थित सुमार्गी भवनअगाडिको सटर कवलमध्ये ५ नं. पसल कवलमा पशुपति क्षेत्रको मापदण्डका निषेधित सामग्रीहरू बाहेकका सामान बिक्री पसल सञ्चालन गर्ने प्रयोजनको लागि मात्र मासिक न्यूनतम भाडादर प्रतिकवल रू. ३४८३६ (चौतिस हजार आठ सय छत्तिस रुपैयाँ मात्र) मा नघटाई बढावढ गरी भाडामा सञ्चालन गर्न दिनुपर्ने भएकोले इजाजत प्राप्त इच्छुक संघ-संस्था, फर्मले यो सूचना प्रकाशित मितिले १६ (सोहौ) दिनको १२:०० बजेभित्रसम्ममा ppmo को website HTTPS://www.bolpatra.gov.np मार्फत मात्र दरभाउपत्र upload गर्न सकिनेछ ।
(२) योग्य दरभाउपत्रदाताले दरभाउपत्र upload गर्दा साथमा फर्म / व्यवसाय दर्ता/ कम्पनी दर्ता, मू.अ. कर दर्ता र कर चुक्ताको प्रमाणपत्रको छायाकपी र दरभाउपत्रसम्बन्धी कागजातको दस्तुर रू. १०००/- (फिर्ता नहुने) निम्न बैकमा नगद जम्मा गरी सो सक्कल भौचरको फोटोकपी स्क्यान गरी दरभाउपत्र फाराम साथ upload गर्नु पर्नेछ ।
खातावालाको नामः पशुपति क्षेत्र विकास कोष,
ठेगानाः बत्तीसपुतली बानेश्वर, काठमाडौँ,
बैकको नामः नेपाल ईन्भेष्टमेन्ट बैंक
खाता नं.: ०१९०१०३००२३१९९
अन्य विस्तृत जानकारीका लागि कोषको सार्वजनिक खरिद महाशाखामा सम्पर्क राख्न समेत सूचित गरिन्छ, फोन न. ४४७०७६४ ।
(३) दरभाउपत्र २०८२/०२/०७ गते दिनको १२ बजेभित्र सम्ममा upload गरिसक्नु पर्नेछ ।
(४) तोकिएको समयभित्र upload भएका दरभाउपत्रहरू पशुपति क्षेत्र विकास कोष, गौशाला काठमाडौँमा २०८२/०२/०७ गते दिनको १ बजे खोलिनेछ । दरभाउपत्र खोलिने कार्य प्रतिनिधि तथा दरभाउपत्र दाताको उपस्थितिमा खोलिनेछ तर दरभाउपत्रदाता उपस्थित नभएकै करण दरभाउपत्र खोलिने कार्य रोकिने छैन । साथै दरभाउपत्रसाथ आफूले कबोल गरेको मासिक भाडा अङ्कको ६ (छ) महिना बराबरको रकम धरौटीस्वरूप नेपाल बैंक लि. डिल्लीबजारस्थित पशुपति क्षेत्र विकास कोषको खाता न. ०३२०१००००६६५७३०००००१ मा नगदै जम्मा गरेको सक्कल भौचर दरभाउपत्र साथ स्क्यान गरी अनिवार्य रूपमा पेस गर्नु पर्नेछ ।
(५) दरभाउपत्र पूर्णरूपमा स्वीकार गर्ने वा नगर्ने वा रद्द गर्ने सर्वाधिकार कोषमा निहित रहनेछ ।