Newspaper Tender

Source: Annapurna Post

Type : Bolpatra
Published Date : May 06, 2025
Deadline : June 5, 2025, noon
Type : Bolpatra

मनहरी गाउँपालिकाको स्यानिटरी प्याड खरिद सम्वन्धी बोलपत्र आह्वानको सूचना

मनहरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
रजैया, मकवानपुर
बागमती प्रदेश, नेपाल

मनहरी गाउँपालिकाको स्यानिटरी प्याड खरिद सम्वन्धी बोलपत्र आह्वानको सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति : २०८२/०१/२३)

यस गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थामा महिनावारी हुने उमेर समूहका छात्राहरुलाई स्यानिटरी प्याड उपलब्ध गराउनु पर्ने भएकाले नेपाल गुणस्तर इजाजत प्राप्त इच्छुक स्यानिटरी प्याड निर्माण ईजाजत प्राप्त कम्पनी, वा नेपाल गुणस्तर प्राप्त कम्पनीवाट विक्री अनुमती पाएका व्यवसायी/फर्महरुलाई निम्न शर्तहरुको अधिनमा रहि स्यानिटरी प्याड उपलब्धताको लागि प्रस्ताव पेश गर्न 30 दिने बोलपत्र आह्वान गरिन्छ । बोलपत्र बापतको दस्तुर रु. ३,000.00 (पछि फिर्ता नहुने) नगदी रसिद काटी वा सिटिजन ईन्टरनेशनल बैङ्कमा रहेको ACCOUNT NAME: MANAHARI GA.PA. PA-1.1 ANTARIK RAJASWA KHATA, ACCOUNT NO: 0620100000002202 मा जम्मा गरेको बैङ्क भौचर संलग्न गरी सार्वजनिक खरिद अनुगमनको कार्यालयको विद्युतीय खरिद प्रणाली https://www.bolpatra.gov.np/egp मार्फत तोकिएका शर्तहरु बमोजिम बोलपत्र दाखिला गर्न सकिनेछ।

यस सम्बन्धी थप शर्तहरुका सम्वन्धमा गाउँपालिकाको website: manaharimun.gov.np वा गाउँपालिकाको सूचना पाटीमा हेर्न सकिनेछ ।

प्रमुख प्रशासकिय अधिकृत


Search, Apply & Get Job: FREE