प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्
बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी
बालाजु, काठमाडौँ
चमेना गृह सञ्चालनको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
प्रकाशित मिति: २०८२ वैशाख २२ गते सोमबार
यस बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी परिसरमा रहेको 'ए' ब्लकमा चमेना गृह सञ्चालन कार्य गर्न सिलबन्दी दरभाउपत्रको माध्यमबाट गर्नुपर्ने भएकोले चमेना गृह सञ्चालन सम्बन्धी इजाजत प्राप्त गरेका सञ्चालकहरूलाई यो सूचना प्रकाशित भएका मितिले २१ औं दिनभित्र रीतपूर्वक सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । प्यान वा भ्याटमा दर्ता, फर्म दर्ताको प्रमाण पत्र तथा आ.व. २०८०/०८१ को कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि साथ निवेदन पेश गरी सिलबन्दी दरभाउपत्र फाराम यस शिक्षालयबाट फिर्ता नहुने गरी रकम रु.१,०००/- (एक हजार मात्र) एभरेस्ट बैंकको खाता नं. ०२०००१०५२०००४३ मा शिक्षालयको नाममा जम्मा गरी खरिद गर्न सकिनेछ । सूचना प्रकाशित भएको मितिले २१ औं दिनसम्म कार्यालय समयभित्र दरभाउपत्र फाराम खरिद गरी २२ औँ दिनको १२:०० बजेसम्म दर्ता गरिसक्नुपर्नेछ । २२औँ दिनको दिउँसो २:०० बजे दरभाउपत्र दाताहरू वा निजहरूको प्रतिनिधिहरूको उपस्थितिमा खोलिनेछ । दरभाउपत्र दाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि दरभाउपत्र खोल्न वाधा पर्नेछैन । यस सम्बन्धी विस्तृत जानकारी शिक्षालयको वेबसाइट https://www.bset.edu.np तथा सूचना पाटीमा टाँस गरिएको छ ।
- शिक्षालय प्रमुख